Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जसपा नेता यादवको आरोप: “प्रहरीले प्रतिशोध स्वरूप झुटा मुद्दा लगायो”

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १९, २०८२
In विविध
0

१९ साउन,सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष अशोक यादवले सर्लाही प्रहरीले व्यक्तिगत दुश्मनीका कारण आफूमाथि झुटा मुद्दा लगाएको दाबी गरेका छन्।

आइतबार सर्लाहीमा पत्रकार सम्मेलन गर्दै यादवले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्र कुमार खड्काले आफूलाई फोन मार्फत अपशब्द प्रयोग गर्दै अपमान गरेको र मध्यरातमा प्रहरी पठाई परिवारलाई त्रासमा पारेको आरोप लगाए। उनले भने, “मैले पूर्वाधार कार्यालयमा भइरहेको अनियमितता उजागर गरे पछि एसपी रिसाएर मलाई फोनमा ‘साले’ भने। त्यो भ्वाइस रेकर्ड मसँग छ, फरेन्सिक परीक्षण गरौं। जनप्रतिनिधिलाई यत्रो अपमान सह्य छ?”

यादवका अनुसार राति १२ बजे प्रहरी टोली उनको घर पुगेको र छोरालाई कुटपिट गरी गम्भीर घाइते बनाएको छ। उनले प्रश्न गरे, “राज्यले प्रहरीलाई नागरिकको सुरक्षा गर्न पठाएको हो कि राति घरमै आतंक मच्चाउन?” उनले मधेसी भएकै कारण आफू निशानामा परेको दाबी गर्दै भने, “यदि म पहाडी समुदायको हुन्थेँ भने यतिखेर सम्म दोषी माथि कारबाही भइसक्थ्यो। हामी मधेसी छौं, त्यसैले दमन सहन बाध्य छौं।”

पक्राउ पुर्जी जारी भए पछि ‘फरार’ भएको भन्ने आरोपको खण्डन गर्दै यादवले आफू छोराको उपचारका लागि बाहिर गएको स्पष्ट पारे। उनले चेतावनी दिँदै भने, “एउटा अशोक यादव लाई दबाएर हजारौं अशोक यादव जन्मिने छन्।”

उनका अनुसार यो संघर्ष व्यक्तिगत नभई मधेसमा व्याप्त भ्रष्टाचार, तस्करी र कमिसनतन्त्र विरुद्धको आन्दोलन हो। “यो मेरो मात्र होइन, सम्पूर्ण मधेसको समस्या हो। अब लुटतन्त्र र बेथितिको अन्त्यका लागि ठूला स्तरको संघर्ष आवश्यक छ,” उनले जोड दिए।

घटना पूर्वाधार विकास कार्यालयमा अनियमितता भएको भन्दै यादव र एसपी खड्का बीच फोनमा चर्काचर्की भएपछि सुरु भएको हो। त्यस पछि प्रहरी यादवलाई पक्राउ गर्न घर पुगेको थियो तर स्थानीयवासीले प्रहरी गाडीमा तोडफोड गरेका थिए।

यस घटनापछि प्रहरीले यादव विरुद्ध ‘आपराधिक उपद्रव’ मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी जारी गराएको छ। यसबीच जसपा सहित सर्लाहीका ६ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक छानबिन र एसपी खड्का माथि कारबाहीको माग गरेका छन्।

Ask ChatGPT

  • 38shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend