Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चलचित्र ‘चिराग’ को ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २७, २०८२
In मनोरन्जन
0

काठमाडौँ । आगामी मंसिर ५ गते बाट देशब्यापी रिलिजमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म चिरागमा समावेश ‘ फूल बनि फुल्थेँ ’ गीत सार्वजनिक गरिएको छ ।हाइलाइट्स नेपाल युट्युव च्यानल मार्फत सार्वजनिक गीतमा दिपक लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा शब्द र संगीत भने फिल्मका लेखक तथा निर्देशक त्यागमूर्ति कै रहेको छ ।


प्रेम भावको उक्त गीतको भिडियोलाई पुर्ण भिएफएक्स गरेर निर्माण गरिएको छ । भिडियोमा त्यागमूर्ति र संकला गौतमलाई फिचर्ड गरिएको छ । चिरागको यस अघि एक पोस्टर सार्वजनिक गरिएको छ । जसमा त्यागमुर्ति फरक अवतारमा थिए । अर्थात उनी तेस्रोलिंगीको भूमिकामा देखिएका छन् । अहिले सार्वजनिक गीतमा उनी पुरुषकै भूमिकामा छन् ।


त्यागमूर्ति फिल्मका मुख्य कलाकार समेत हुन् । उनले फिल्ममा अहिले सम्मकै फरक कथालाई प्रस्तुत गरेको जानकारी गराएका छन् । हालैको पत्रकार भेटघाट कार्यक्रममा उनले भने,‘अहिले सम्म नेपाली फिल्मको इतिहासमै चिरागमा तेस्रोलिंगीलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । हामीले हेर्दै आएका फिल्ममा प्राय तेस्रोलिंगी समुदायका ब्यक्तिहरुलाई सानो भूमिका, कतै नेगेटिभ पनि देखाइएको हुन्छ । तर चिराग हेर्नु भयो भने निकै फरक पाउनु हुनेछ ।’

फिल्ममा आशाको चिराग कहिल्यै निभ्दैन भन्ने ट्यागलाइन राखिएको छ । यो फिल्ममा त्यागमूर्ति सँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय रहेको छ । फिल्ममा सह लेखन नरेश प्रसाद भट्ट र संकला गौतमको रहेको छ ।


यस्तै फिल्मका निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति हुन् । हरिनन्दा ब्यानरमा निर्माण भएको फिल्ममा समावेश गीतमा दीपक लिम्बू र अस्मिता अधिकारीको स्वर रहेको छ भने । पाश्र्व सङ्गीत लोकनाथ सापकोटा, मिक्सिङ आशिष सुनुवारको रहेको छ ।


राहुल राई र मेफुज अन्सारीले खिचेको फिल्मको सम्पादन सुभाष देवकोटाले गरेका छन् । यस्तै कल्पेश विश्वकर्मा कलरपोस्टरको जिम्मेवारीमा छन् भने भिएफएक्स दिनेश ढकालले गरेका छन् । फिल्ममा श्रृङ्गार डिके हमालको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

बलिउड सुपरस्टार अमिताभ बच्चनको जन्मदिन मनाइयो

अशोज २६, २०८२
मनोरन्जन

‎ भारतीय र नेपाली फिल्मकर्मी मिलेर ‘मोनालिसा’ निर्माण गर्ने

अशोज २०, २०८२
मनोरन्जन

‘बलिदान’ ले GEN-Z आन्दोलनको भावनालाई प्रतिनिधित्व गरेको दाबी

अशोज १३, २०८२
मनोरन्जन

‘पेन्सनपट्टा’मा विश्वास र माया गुरुङ अनुबन्धित

अशोज ८, २०८२
मनोरन्जन

जारी २’ कार्तिक ६ गते भाइटीमा रिलिज हुने

अशोज २, २०८२
मनोरन्जन

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपातीमा रिलिज हुने

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend