Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चलचित्र ‘चिराग’ को ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २७, २०८२
In मनोरन्जन
0

काठमाडौँ । आगामी मंसिर ५ गते बाट देशब्यापी रिलिजमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म चिरागमा समावेश ‘ फूल बनि फुल्थेँ ’ गीत सार्वजनिक गरिएको छ ।हाइलाइट्स नेपाल युट्युव च्यानल मार्फत सार्वजनिक गीतमा दिपक लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा शब्द र संगीत भने फिल्मका लेखक तथा निर्देशक त्यागमूर्ति कै रहेको छ ।


प्रेम भावको उक्त गीतको भिडियोलाई पुर्ण भिएफएक्स गरेर निर्माण गरिएको छ । भिडियोमा त्यागमूर्ति र संकला गौतमलाई फिचर्ड गरिएको छ । चिरागको यस अघि एक पोस्टर सार्वजनिक गरिएको छ । जसमा त्यागमुर्ति फरक अवतारमा थिए । अर्थात उनी तेस्रोलिंगीको भूमिकामा देखिएका छन् । अहिले सार्वजनिक गीतमा उनी पुरुषकै भूमिकामा छन् ।


त्यागमूर्ति फिल्मका मुख्य कलाकार समेत हुन् । उनले फिल्ममा अहिले सम्मकै फरक कथालाई प्रस्तुत गरेको जानकारी गराएका छन् । हालैको पत्रकार भेटघाट कार्यक्रममा उनले भने,‘अहिले सम्म नेपाली फिल्मको इतिहासमै चिरागमा तेस्रोलिंगीलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । हामीले हेर्दै आएका फिल्ममा प्राय तेस्रोलिंगी समुदायका ब्यक्तिहरुलाई सानो भूमिका, कतै नेगेटिभ पनि देखाइएको हुन्छ । तर चिराग हेर्नु भयो भने निकै फरक पाउनु हुनेछ ।’

फिल्ममा आशाको चिराग कहिल्यै निभ्दैन भन्ने ट्यागलाइन राखिएको छ । यो फिल्ममा त्यागमूर्ति सँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय रहेको छ । फिल्ममा सह लेखन नरेश प्रसाद भट्ट र संकला गौतमको रहेको छ ।


यस्तै फिल्मका निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति हुन् । हरिनन्दा ब्यानरमा निर्माण भएको फिल्ममा समावेश गीतमा दीपक लिम्बू र अस्मिता अधिकारीको स्वर रहेको छ भने । पाश्र्व सङ्गीत लोकनाथ सापकोटा, मिक्सिङ आशिष सुनुवारको रहेको छ ।


राहुल राई र मेफुज अन्सारीले खिचेको फिल्मको सम्पादन सुभाष देवकोटाले गरेका छन् । यस्तै कल्पेश विश्वकर्मा कलरपोस्टरको जिम्मेवारीमा छन् भने भिएफएक्स दिनेश ढकालले गरेका छन् । फिल्ममा श्रृङ्गार डिके हमालको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३
मनोरन्जन

फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

चैत्र १९, २०८२
मनोरन्जन

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

चैत्र १७, २०८२
मनोरन्जन

ठमेलको एलओडीमा विनोद राठोड र अनीश ओकेलीको महासंगम

चैत्र ७, २०८२
मनोरन्जन

चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक

चैत्र ४, २०८२
मनोरन्जन

‘लालीबजार’को गीत ‘मायालाई के दिउँ म बैना’ सामाजिक सञ्जालमा ट्रेन्डिङ

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend