काठमाडौं । सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन बिहीबार ४५ औँ विश्व खाद्य दिवस मनाउँदैछ ।कृषि विभागले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ), खाद्यका लागि कृषि अभियान लगायत संघ संस्थाको समन्वयमा दिवस मनाउन लागेको हो ।
यसवर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ ।
सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औँ साधारणसभाले सङ्गठनको स्थापना भएको दिनका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको स्मरणमा सन् १९८१ देखि यो दिवस मनाउँदै आइएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्