Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भारतीय मजदुरको चुलो बाल्दै सञ्चारकर्मी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख ३, २०७७
In समाज
0

३ वैशाख ,पोखरा : समाचारको माध्यमबाट जनतालाई सुसूचित गराउने कामसँगै एक सञ्चारकर्मीले विपन्न परिवारको चुलो बाल्न पनि सघाएका छन् । कोरोना भाइरसको सङ्क्रमण पैmलिन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने परिवारलाई राहत सामग्री वितरण गर्दै पत्रकार अर्जुन गिरी यतिखेर अनुकरणीय बन्नुभएको छ । गिरी पोखराबाट प्रकाशित ताण्डव न्यूजका सम्पादक हुनुहुन्छ ।पोखरा महानगरपालिकाको १७ र २१ जोड्ने फुस्रेखोलामाथिको निर्माणाधीन पक्की पुलमा काम गर्ने १३ भारतीय मजदुरलाई आवश्यक खाद्यान्न सहयोग गर्न तत्तत् स्थानमा पुगेका गिरीले अप्ठ्यारोमा परेका मजदुरलाई एक हप्ता पुग्ने चामल, दाल, नुन, तेल, आलु, सोयाविनलगायतका सामग्री वितरण गर्नुभएको हो ।

“भारतीय मजदुरले हाम्रै लागि काम गरिरहेका छन्, भूगोलभन्दा पनि मानवीयताको नाताले उनीहरूको चिसिन थालेको चुलो तताउन सहयोग गरेको हुँ”, उहाँले भन्नुभयो, “ठेकेदारले गरेको सहयोग उनीहरुका लागि पर्याप्त नभएको सूचना पाएसँगै उनीहरूलाई भेटेर सहयोग गरेका हौँ ।” सम्पादक गिरीसहित पोखरा महानगरपालिका–४ का सञ्जय श्रेष्ठ र कैलाश गुरुङसहित तीन जनाको व्यक्तिगत खर्चबाट खाद्यान्न सामग्री खरिद गरी विपन्न परिवारलाई वितरण गरेका हुन् ।

लकडाउनका कारण भोकाएका पेटलाई केही हदसम्म भए पनि भर्ने प्रयास गर्दै आएको बताउँदै पत्रकार गिरीले भन्नुभयो, “३३ परिवार र १३ मजदुरलाई राहत वितरण गर्दा तीन भाइको रु ४० हजार खर्च भएको छ ।” उहाँका अनुसार पोखरा महानगरपालिका–२१ स्थित कृष्तिको सिमलचौर, ठूलोचौर, धुवारकोट, मट्टीखान, मुलबारी र अगेरपानीका ३१ परिवार र पोखरा ११ रानीपौवाका दुई परिवारलाई राहतअन्तर्गत खाद्यान्न सामग्री वितरण गरिसकिएको छ ।

ती स्थानमा वडा नं. २१ वडाध्यक्ष खगराज आचार्य र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवानेता झपट रानाभाटको उपस्थितिमा राहत वितरण गरिएको जानकारी दिँदै उहाँले लकडाउनको अवधि बढेमा विपन्न परिवार सम्पर्कमा आएमा आवश्यकतानुसार राहत वितरण गर्दै जाने बताउनुभयो । वडाध्यक्ष आचार्यका अनुसार लकडाउनका कारण दैनिकी सञ्चालनमा समस्या परेका विपन्न एवं मजदुर वर्गलाई पत्रकार गिरीको सहयोग उदाहरणीय भएको बताउनुभयो । (रासस)
–––

  • 13shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend