३१ वैशाख, जनकपुरधाम : जनकपुरधामका एक संचारकर्मी सहित अर्का पुस्तक व्यवसायी मा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले धनुषामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
धनुषा प्रशासन ले तत्काल उनका परिवारहरुलाई अरु संग सम्पर्क मा नबस्न आग्रह गरेको छ भने नागरिक सुरक्षा तथा सचेतनाको लागि ति एरिया वरिपरि प्रहरी खटाई सकेको जिल्ला प्रहरी धनुषा का प्रवक्ता रामेश्वर कार्की ले बताएका छन् । यस अघि मंगलबार वीरगञ्जका दुई जना पत्रकारमा पनि कोरोना संक्रमण को पुष्टि भएको थियो । यसरी धनुषामा पनि कोरोना को संक्रमण बढ्दै जाँदा धनुषा प्रशासनले बेकाम ले नागरिक हिडडुलमा अरु थप कडाइ गर्दै सबलाई घर मै रहन आग्रह समेत गरेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्