Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

लगातार वर्षाका कारण सडक विस्तार ठप्प

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १४, २०७८
In विविध
0

१४ जेठ,नवलपुर : लगातार भएको वर्षाको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारको काम रोकिएको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण सडक विस्तारको काम ठप्प भएको नारायणगढ–बुटवल सडक आयोजना खण्ड १ का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले जानकारी दिनुभयो ।“जिल्लामा तीन दिनदेखि निरन्तर पानी परिरहेको छ”, आचार्यले भन्नुभयो, “बुधबार केही काम भएको भए पनि बिहीबार र शुक्रबार भने सडक विस्तारको कुनै पनि काम हुन सकेको छैन ।”

पानी परिरहेका कारण कामदार निर्माणस्थलमा नआउनु तथा काम खुला ठाउँमा हुने भएकाले प्रभावित भएको आचार्यले बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा माटो भर्ने, ड्रेन निर्माण गर्ने, रूख काट्ने तथा पुल निर्माणको काम भइरहेको थियो ।“कोरोना महामारीका कारण काम प्रभावित भइरहेको अवस्थामा निरन्तर परेको पानीले काम नै ठप्प भएको छ”, आचार्यले भन्नुभयो, “यो क्रम निरन्तर देखिइरह्यो भने निर्धारित समयमा काम सक्न मुस्किल हुन्छ ।”

कर्मचारीको आन्दोलनदेखि विभिन्न कारणले काममा ढिला भएको जनाउँदै उहाँले प्राकृतिक कारणले समेत काममा अवरोध सिर्जना हुने गरेको बताउनुभयो । सडक विस्तारको काम शुरु भएको २६ महिना सकिँदासमेत सडक विस्तारको प्रगति भने जम्मा छ प्रतिशत मात्रै भएको छ ।राष्ट्रिय गौरवको आयोजनामध्येको उक्त सडक आयोजनाअन्तर्गत हाल दुई लेन रहेको सडकलाई चार लेनमा विस्तार गरिँदैछ ।

शहरी क्षेत्रमा अतिरिक्त दुई लेन हुने सडकको दाउन्ने पहाडमा भने तीन लेनमा मात्रै विस्तार गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशनले काम लिएको छ । हाल गैँडाकोट नगरपालिका क्षेत्रको सडकमा साना पक्की पुल, सडक किनारमा माटो भर्ने तथा ड्रेन निर्माण र अरुणखोला क्षेत्रमा सडक किनारका रूख काट्ने काम भइरहेको थियो ।नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर क्षेत्रलाई दुई खण्डमा विभाजन गरेर निर्माणको ठेक्का लगाइएको छ ।

गैँडाकोटको पुलचोकदेखि दाउन्नेसम्म खण्ड १ को ६५ किलोमिटर तथा दाउन्नेदेखि बुटवलसम्म खण्ड २ मा ४९ किलोमिटर पर्दछ । ग्लोबल टेन्डरमार्फत दुवै खण्डको विस्तारको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शनले करीब रु १७ अर्बमा लिएको थियो । निर्माण शुरु भएको ३६ महिनाभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेर कम्पनीले विसं २०७५ चैत ८ गतेबाट कामको शुभारम्भ गरेको थियो । (रासस)

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend