Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

किसान समूहलाई ट्याक्टर हस्तान्तरण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १६, २०७९
In समाज
0

१६ असार,तनहुँ :जिल्लाको बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली किसान समूहलाई ट्याक्टर हस्तान्तरण गरिएको छ । प्रदेश सरकारको कृषि मन्त्रालयको ७५ र समूहको २५ प्रतिशत अनुदामा उक्त ट्याक्टर अनुदानमा प्रदान गरेको हो । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले एक कार्यक्रमकाबीच आज ट्याक्टर हस्तान्तरण गर्नुभएको हो ।

बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पराम्परागत शैलीबाट माथि उठेर व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउन सकिए खाद्यान्न, तरकारी र फलफूलमा आत्मनिर्भर बन्न सकिने उहाँले बताउनुभयो । प्रदेश सरकारमा कृषि मन्त्रालयबाट रु चौबिस लाखको लागतमा उक्त ट्याक्टर प्रदान गरिएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

उहाँले पहाडी भागमा सुन्तला कागती खेती गरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा पाखाटारमा लिफ्िटङमार्फत सिँचाइको व्यवस्था गर्न सकेको मात्रै कृषि क्षेत्रमा फड्को मार्न सक्ने बताउनुभयो । उक्त समूहमा एक सय बढी सदस्य आवद्ध रहेको समूहकी अध्यक्ष अन्जु श्रेष्ठले जानकारी दिनुभयो । प्राप्त भएको ट्याक्टरले सस्तो भाडा दरमा जमिन जोत्न प्रयोग गरिने उहाँले बताउनुभयो ।

बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नका लागि सहज हुने बताइएको छ । छोटो समयमा धेरै क्षेत्रफल जोत्न र खेती गर्न सकिने हुँदा ट्याक्टर प्रभावकारी देखिएकोले समूहलाई प्रदान गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो ।

उक्त वडामा करिब ३०० रोपनी क्षेत्रफलमा जमिन चक्लाबन्दी गरिएको छ भने वडा नं ३ मा झण्डै एक हजार रोपनी चक्लाबन्दी गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । साना गह्रालाई मासेर ठूला गह्रा बनाउँदा खेती गर्न सजिलो हुने भएकोले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।(रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend