काठमाडौँ : सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ।आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ ।सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ ।
बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो । सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्