०८ कार्तिक,काठमाडौं: नेपालको चर्चित हीरा ब्राण्ड क्लासिक डायमण्डले यसपटक पनि ‘फेस अफ क्लासिक डायण्ड’ को आयोजना गर्ने घोषणा गरेको छ ।काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा क्लासिक डायमण्डका अध्यक्ष बाबुराजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डायमण्ड’ आयोजना हुने जानकारी दिए ।
उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डायमण्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्ष सम्म क्लासिक डायमण्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन् । यस्तै उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर पाउने छन् ।
यस प्रतियोगितामा सहभागी हुन आज बाट नै रजिस्ट्रेशन खुल्ला गरिएको छ । बिगतमा यो प्रतियोगिताकी बिजेता साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रमा, अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा, मुना गौचनले बलिउडमा आफु लाई स्थापित गरि सकेको पनि अध्यक्ष महर्जनले जानकारी गराए । ‘क्लासिक डायमण्ड गहना सँग सम्बन्धित भएकाले हामीले यो कार्यक्रम बाट नेपालको फेशन र मोडलिङ क्षेत्र लाई पनि प्रबर्द्धन गर्दै आएका छौं ।’, उनले भने ।
यो प्रतियोगिताको लागि नेपालमा काठमाडौं र पोखरामा अडिसन गरिने क्लासिक डायमण्डका प्रवन्ध निर्देशक अमिर महर्जनले जानकारी गराए । ‘नेपालका अडिसन पछि हामी अडिसनमा चयन भएका मोडलहरु लाई करिब एक महिना विभिन्न प्रशिक्षण दिने छौं । त्यस पछि प्रतियोगी बाट बिजेताहरु सहित उत्कृष्ट १० प्रतियोगी लाई क्लासिक डायमण्ड फेशन तथा ज्वेलरी शोमा उतार्ने छौं ।’,उनले भने ।
अमेरिकामा समेत तीन वटा आउटलेट चलाउँदै आएको क्लासिक डायमण्डले अमेरिकामा रहेका नेपाली मोडलहरु बीच पनि आडिसन लिने छ। सो अडिसन बाट चयन भएका मध्य दुई मोडल लाई नेपाल ल्याएर ‘फेस अफ क्लासिक डायण्ड’को प्रतिस्पर्धामा उतार्ने क्लासिक डायमण्डका अमेरिका संयोजक समिर महर्जनले जानकारी गराए । ‘अरुले नेपाल बाट मोडलहरु लाई अमेरिका पठाउँछन् । तर हामीले यो प्रतियोगिताको लागि दुई जना नेपाली मुलकी मोडल लाई अमेरिका बाट नेपाल पठाउँ छौं ।’
‘फेस अफ क्लासिक डायमण्ड’को बिजेताले एक लाख ५० हजार रुपैयाँ, फस्ट रनर अपले एक लाख रुपैयाँ र सेकेन्ड रनर अपले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उनीहरुले क्लासिक डायमण्डको विभिन्न परियोजनामा जोडिएर काम गर्ने अबसर पनि पाउने छन् । क्लासिक डायमण्डको ग्रान्ड फेशन तथा ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा हुने छ ।
सोही कार्यक्रममा ‘फेस अफ क्लासिक डायमण्ड’ का बिजेताहरु लाई पुरस्कृत गरिने छ । प्रतियोगिता लाई बलिउडका कोरियोग्राफर रेहान शाहले कोरियोग्राफी गर्ने छिन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले ‘फेश अफ क्लासिक डायमण्ड’ प्रतियोगिताले नेपालमा धेरै राम्रा मोडलहरु लाई यो क्षेत्रमा ल्याएको बताइन् । यो प्रतियोगिताका धेरै बिजेता तथा सहभागीहरुले मिस नेपाल लगायत विभिन्न प्रतियोगितामा भाग लिएर उपाधिसमेत जितेको उनले बताइन् ।
अर्की पूर्व मिस नेपाल अस्मी श्रेष्ठले पनि ‘फेस अफ क्लासिक डायमण्ड’ प्रतियोगितामा जोडिन पाउँदा खुसी व्यक्त गरिन् । करिब ६ महिनाको तयारी बाट यसले नयाँ मोडलहरु लाई निखारेर मोडलिङ क्षेत्रमा ल्याउने गरेको उनले बताइन्। अन्तर्राष्ट्रिय राष्ट्रिय मोडल सविता कार्कीले पनि ‘फेस अफ क्लासिक डायमण्ड ’सँगको अुनभव पत्रकारहरु लाई सुनाइन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्