१० कार्तिक,काठमाडौं: नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा आयोजना गर्दै छ ।केपी शर्मा ओली सरकारको सय दिन असफल र भ्रटारचारी लाई जोगाउने षडयन्त्र भइ रहेको निष्कर्ष निकालेको माओवादीले भृकुटी मण्डपमा खबरदारी सभा गर्ने भएको हो ।
सभा लाई रचनात्मक र शान्ति पूर्ण हुने सो पार्टी नेताहरुको दाबी छ । बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जन प्रदर्शन सहित खबरदारी सभाको तयारी पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले बताए ।
आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्य कर्ताहरू निर्देशन दिएको छ । त्यहाँ बाट बाजा, झाँकी सहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् ।
सो जुलुश रत्नपार्क, बागबजार, पुतली सडक, पद्मोदय मोड हुँदै भृकुटी मण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभा लाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने छन् ।
अपराह्न चार बजे भित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ ।सभामा करिब २५ देखि ३० हजार सम्म सहभागी हुने आकलन गरिएको छ । कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाए पछि माओवादी सत्ता बाट बाहिरिएको थियो ।



















आफ्नो प्रतिकृया दिनुहोस्