१५ ,कार्तिक, जनकपुरधाम: हाम्रा महान पर्वहरु तिथि अनुसार तल माथि भइरहन्छन् । यस पालीको दशैं त्यस्तै थियो भने तिहारको भाइटीका पनि त्यस्तै परेको छ । यस पालीको तिहारमा मंगलबार देखि धनतेरस शुरुवात भएको छ । यसमा बिहान करिब साढे १० बजे सम्म द्वादशी छ । अनि त्यस पछि त्रयोदशी सुरु हुन्छ । त्रयोदशी शुरु हुँदा धनतेरसको पूजा आजा र खरिदारी गरिन्छ ।
त्यो ११ बजे पछिको समयलाई निर्धारण गरिन्छ । उदय त द्वादशीमा भएको थियो तर साधना अनुष्ठान बेलुकाको छ । बिहान गाईपूजा गरेर त्यही दिनको बेलुका दिपा मालिका गर्ने चलन छ । तर यस पटक चाँही औंसीको तिथि जुन हुन्छ त्यो दिनमा नै यसलाई सुखरात्री भनेर भनिएको छ । यस पटक सुखरात्री एकदिन पहिले लक्ष्मि पूजा परेको छ ।
यदाकदा यो अशुभ स्थितिहरु बन्न सक्छ । विषेश गरी हाम्रो धर्मशास्त्रमा चारवटा महारात्रीहरु छन् । त्यसमा कालरात्री, महारात्री, मोहरात्री र सुखरात्री । महारात्रीलाई शुभरात्री भनिन्छ । भगवान श्रीकृष्णको जन्म भएको दिनलाई मोहरात्री भनेर भनिन्छ । अनि दशैंको अष्टमीको रातलाई कालरात्रीको रुपमा मान्छौं । त्यसै गरी, लक्ष्मी पूजाको दिनलाई सुखरात्रीका रुपमा मनाउने गरेका छौं ।
कार्तिक कृष्णपक्षमा यमपञ्चक पर्दछ । यो कहिल्यै पनि दाँयाबाँया हुँदैन् । यसका शास्त्रीय तीनवटा कारणहरु छन् । शास्त्रको मर्यादाहरु पनि छन् । यसमा एउटा त देवा सुत्संग्राम भए पछि जब देवदानवको युद्ध भयो तत्पश्चात एउटा सम्झौता भयो ।
समुन्द्र मन्थनको प्रस्ताव दुई वटै पक्षले स्विकार गर्यो । समुन्द्र मन्थन हुँदा खेरि १४ वटा रत्नहरु प्रकट भएका हुन् । अनि त्यहाँ एका तिर देउता र अर्को तिर दानव भए । त्यहाँ एउटा नागलाई बनाएर विष हुने टाउको तिर दानवहरु र पुच्छर तिर देउताहरू बसे । त्यही बाट १४ रत्न पत्ता लागेका हुन् ।
लक्ष्मीजी पनि १४ रत्न बाट प्रकट भएकी हुन् । भगवान धनवन्तरी समुन्द्र मन्थन बाट नै प्रकट हुनु भएको हो । अनि भगवान धनवन्तरी लोक कल्यणका लागि, आफ्ना देव देवता लाई अमर बनाउनका लागि अमृत घडा लिएर प्रकट हुनु भयो । अनि यही त्रयोदशी र यशी प्रदोषकाल पनि त्यति बेलै प्रकट हुनु भएको हो ।
त्यसैले यो त्रयोदशी लाई प्रदोष पनि भन्ने गरिन्छ । देवताहरुले अमरत्व प्राप्त गरेको दिनलाई धनवन्तरी भनेर पनि मान्ने गरिन्छ । शास्त्रमा हेर्ने हो भने मृत्युका देवता भनेर यमराज लाई भन्ने गरिन्छ । यमदेव मृत्यका देवता हुनुहुन्छ । र सुर्यपुत्र हुनु हुन्छ शनी । यम र शनी दाजुभाई हुन् ।
काग तिहारको प्रसंग उल्लेख गर्दा मृत्युको प्रसंग पनि जोडिन्छ । मृत्युले म आउँछु तयार भएर बस्नु भनेर त भन्दैन् । मृत्युको सन्देश अप्रिय हुन्छ । कागले आखिरमा आफ्नो कर्तव्य पूरा गर्ने गर्छ । कागलाई सञ्चार माध्यमको रुपमा मानिन्छ । अहिले पनि गाँउघरमा काग आएर कतै बसेर करायो भने अशुभ मानिन्छ । त्यसले यमराज लाई सन्देश पुर्याउने काम गर्छ भन्ने विश्वास छ । साथै प्रकृतीको लागि पनि काग महत्वपूर्ण छ ।
विशेष गरी यमराजको दूतको रुपमा काग आउने गर्छन । एउटा प्रकृतीको स्रोतको रुपमा अथवा संवाहकको रुपमा पूजा गरिन्छ । हरेक दिदीबहिनीलाई आफ्नो दाजुभाईले बोलाएको हुन्छन । त्यो बेला केही अशुभ समाचार लिएर नआओस भनेर खुशी बनाउनको लागि प्रसादहरु दिएर कागको पूजा गर्ने गरिन्छ ।
त्यसै गरी कुकुर लाई भैरव र यमराजको द्वारपालको रुपमा पनि मानिन्छ । त्यही भएर यम सँग सम्बन्धित भएकाले पूजा गरिन्छ । त्यस पछि गौ पूजा गर्छौ । तिहारका हरेक दिन मृत्यु सँग सम्बन्धित छन् । गाई भनेकै लक्ष्मी पनि मानिन्छ, गाईलाई लक्ष्मी लाई अर्को एउटा नाम मध्यमा सुरभी पनि भनिन्छ । गाईलाई सनातनमा जन्म देखि मृत्यु सम्मको सम्पूर्ण कर्महरुमा शुद्धताको रुपमा पुजिन्छ ।
गाईको गहूँत लाई जुनसुकै कर्ममा पनि प्रयोग गरिन्छ । त्यसैले वैतरणी गर्दापनि धर्म शास्त्रमा गाइको महत्व छ र संसारिक जीवनमा पनि लक्ष्मीको महत्व छ । गाईको सास देखि दूध, गोबर जतिपनि गाइबाट प्राप्त हुने बस्तुहरु छन् । ती सबै लोकको कल्याण र जीवनको हितको लागि छन् ।
हाम्रो घरआँगन गाइको गोबरले लिप्ने चलन छ । पञ्चकको पहिलो पञ्चक नै घरमा गाइको गोबरले लिपेर शुद्ध गर्ने चलन छ । तेस्रो दिन भने हाम्रो देह, भाव, चरित्र, कर्म र आत्माशुद्धीको लागि पनि गाइको पहिले पूजा गरेर त्यस पछि लक्ष्मीको पूजा गरिन्छ ।
त्यसको भोलि पल्ट गोबर्धन पूजा गर्छौ त्यहाँ हाम्रो भगवान कृष्ण गोबर्धन पर्वत उठाएर सबैको रक्षा गर्नु भन्ने प्रसंग छ । त्यो दिन अन्नकुट पर्वत र गोबर्धन पर्वत दुबैको पूजा हुन्छ । त्यस दिन अभावमा भएका मान्छेहरुको लागि अन्न दान गर्नु र अभाव भएका हरुको लागि वस्त्र दान गर्नु, विशेष गरी अन्नको भोजन गराउनु, दिन-दुखीहरुको कल्याण गर्नु, चाडपर्व मनाउनको लागि सामान जुटाए दिनु राम्रो हुन्छ ।
त्यसै गरी नन्दी भगवान शिव सँग नजिक भएका हुनाले गोरुपूजा पनि गरिन्छ । गोरुलाई नन्दीको रुपमा र उसमा भएको धैर्यता, पराक्रम, बल सबैको लागि गोरु पूजा गरिन्छ । पूजा गर्नुको कारण एउटा प्रकृतीको पूजा पनि । अन्य धर्म, संस्कारमा गोरुको पूजा गरिदैँन् । सर्प, काग, कुकुरको पूजा गरिदैँन् । साथै नदी, पिपल, तुलसी, कुश सबै प्रकृतीमा भएका हितकर कुरा सबैलाई हामीले देवता मानेका छौं ।
गोरु पूजा सम्पन्न भएपछि भाइलाई पूजा गर्ने चलन छ । सम्पूर्ण कर्म पूरा गरेको छु, अनुष्ठानमा बसेको छु र भाईको सेवाको लागि म एकदम समर्पित छु भन्ने भाव प्रकट गरिन्छ । सबै अन्न मिष्ठानका सामानहरु लिएर दिदी-बहिनीले दाजु-भाई लाई दिने र दाजुभाइले पनि दिदी-बहिनीलाई चाहेको वस्तुहरु दिने चलन छ ।
जसले भाइटीकाका दिनमा आफ्नो बहिनिले बनाएर दिएको मिष्ठान अथवा पानी नै भएपनि श्रद्धाले दिएको छ भने श्रद्धाको साथै ग्रहण गर्नु पर्छ । उसको जीवनमा कहिले गरिबी आउदैँन्, प्रेमको अभाव हुदैँन् ।
अब तिहार मनाउने प्रचलनको कुरा गर्दा भारत र नेपालमा भिन्न रहेको पाइन्छ । भारतमा दिवाली भन्छन्, नेपाल दिपावली भन्छौ । हाम्रो दशैँ र अन्य हिन्दुको दशैँ फरक छ । संस्कृती एउटै हो भनेपनि धेरै कुराहरु फरक छन् । हाम्रो मौलिक पर्व हो भने उनीहरुको उत्सव मात्र हो ।
धन्तेरस हाम्रो होइन । त्रयोदशी तिथि त सबैको हो । जुन विश्वव्यापी मानिएको छ । प्रकृतिमा रहेको क्यालेन्डर लाई सबैले पलो गर्नै पर्छ । यमापञ्चकको प्रथम दिवस भनेको यमापञ्चकको प्रथम दिवस नै हो । त्यस लाई मान्ने तवर तरिकामा फरक होला । शास्त्रमा फलामका चिजहरु, औजारहरु नकिन्नु, केमिकलहरु नल्याउनु भनिएको छ । सके सम्म पाँच दिन यमको र शनिको चिजहरु घरमा नल्याउनु सेलरोटी हाल्ने तेल पनि पहिले नै किन्नु भनिन्छ ।
अर्को रोचक कुरा के छ भने लेदर अर्थात छाला जन्य पदार्थ बाट बस्तुहरु उपहार दिनु हुँदैन । लेदरका चिजहरु शनिमा पर्छन् । यस्तो उपहार कहिल्यै दिनु हुँदैन । घडी कहिल्यै पनि उपहार दिनु हुँदैन । किनकी काल पुरुषको केन्द्र विन्दु हो । कसैलाई सिध्याउनु छ भने जुत्ता या घडी दिनु आफै एक वर्षमा सिधिन्छ ।
कसै सँग सम्बन्ध टाढा राख्नु छ भने शनिबार छाता या जुत्ता उपहार दिनु उ आफैं टाढा भएर जान्छ । रत्न, कमलको आसनका चिजहरु सुगन्धीत अख्तरहरु घरमा ल्याउँदा राम्रो हुन्छ । फलाम छाडेर नयाँ केही न केही तामा, पित्तल, चाँदी, सुन जे सकिन्छ एउटा खरिद गर्दा राम्रो हुन्छ । धनियाँ ल्याएर यम पञ्चकभरी पूजा गरिन्छ । यसको अलग्गै महत्व छ ।
लक्ष्मी लाई बोलाउँदा नारायण सहितको आह्वान गर्यो भने घरमा राम्रो हुन्छ । नत्र दुई दिन आउनु हुन्छ पाहुनाको रुपमा फर्कनु हुन्छ । पूजा गर्दा लक्ष्मी नारायण सहित गर्नु पर्छ । विशेष गरी नवरत्नहरु नौ चिजहरु ,अमृतहरु र विभिन्न किसिमका जडिबुटीहरु अमृत घडा थापना गर्दा राम्रो हुन्छ । कालो हलेदो, सेतो हलेदो, पहेलो हलेदो, बेसार, धतुरोको विशेष महत्व छ । जसलाई भाइटीकामा जलले अभिषेक गरेर दिर्घायूको कामना गरिन्छ ।
डा.रुद्रनाथ अधिकारी ,बरिष्ठ ज्योतिष एवम संस्कृतविद्




















आफ्नो प्रतिकृया दिनुहोस्