Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राजा ल्याउने सपना एकैपटक पूरा हुदैन : अध्यक्ष लिङ्देन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ६, २०८२
In राजनीति
0

६ जेठ,काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पुन:स्थापनाको आन्दोलन एकैपटकमा पूरा नहुने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राज्यसत्ता विरुद्ध सुरु गरिएको परिवर्तनको लडाइँ दीर्घकालीन योजना, रणनीति र जनसमर्थनका साथ अघि बढाउनु पर्नेमा जोड दिए।

“हाम्रो चाहनाले मात्र राजा फर्कन्छ भन्ने होइन,” उनले भने, “यदि मेरो हातमा शक्ति भएको भए आजै सत्ता फेरिएर राजा नारायणहिटी फर्कन्थे। तर त्यो यति सहज छैन। त्यसैले योजना र रणनीति आवश्यक छ।”

लिङ्देनले विगतमा भएका ठूला राजनीतिक परिवर्तनहरू पनि चुनाव मार्फत नभई जनताको आन्दोलन बाटै सम्भव भएको उल्लेख गर्दै हालको आन्दोलन पनि सोही धारमा अघि बढिरहेको स्पष्ट पारे।

“०७ साल देखि ०६२/६३ साल सम्म भएका कुनै पनि ठूला परिवर्तनहरू चुनाव बाट आएका होइनन्,” उनले भने, “अहिलको परिवर्तन पनि जनताको आवाज बाटै सम्भव हुन्छ भन्ने सोचका साथ हामी अघि बढिरहेका छौं।”

उनले प्रदर्शन र घेराउलाई आन्दोलनको मूल विधि मानेर आफ्नो अभियान अघि बढाइरहेको बताए। साथै, उनले राजसंस्थाको पुन:स्थापना सहमतिको आधारमा पनि सम्भव हुने विश्वास व्यक्त गरे।

“राजसंस्था देखि अहिलेका सबै राजनीतिक शक्तिहरू लाई समेटेर देशको निकास खोज्न सकिन्छ,” लिङ्देनले भने, “समझदारीका साथ अगाडि बढेमा स्थायित्व र समाधान सम्भव छ।”

  • 40shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

ट्रान्सजेन्डर महिला भूमिका श्रेष्ठको दाबी : पार्टीले मन्त्रालयको जिम्मा दिए निर्वाह गर्छु

चैत्र ३, २०८२
राजनीति

संसदीय राजनीतिबाट विश्राम लिए पनि संघर्ष जारी रहने : डा. सी.के. राउत

चैत्र २, २०८२
राजनीति

“माधव कुमार नेपालले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरे।”

फाल्गुन ७, २०८२
राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend