Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गणतन्त्र ठिक कि राजतन्त्र

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १५, २०८२
In अन्तर्वार्ता / विचार
0

(मनिषा बस्नेत),१५ जेठ,काठमाडौं : १८ वर्ष अगाडि आजकै दिन जननिर्वाचित संविधान सभाको पहिलो बैठकले घोषणा गरेको गणतन्त्र प्रति आम नागरिकहरुले आक्रोश व्यक्त गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा सडकमा भेटिएका नागरिकहरुले गणतान्त्रिक व्यवस्थाले आम जनताको मन छुन नसकेको बताए ।सङखुवासभा खादवारीका काज बहादुर घिमिरे देशमा गणतन्त्र आए पनि केही फरकपन नआएको बताउँछन् ।

गणतन्त्रले देश लाई पछि पारेको भन्दै उनले भने,‘नेताहरुले व्यवस्था अनुसार काम नै गर्न जान्नु भएन् । विदेशीको आड–भरोसामा नै बाँच्ने देशका शासकहरुका कारण गणतन्त्रको अनुभुति हुन पाएको छैन् । गणतन्त्र हुनु भन्दा राजसंस्था सहितको प्रजातन्त्र भयो भने हाम्रा भू-भाग पनि फर्किन्छ । गणतन्त्रले सबै कुरा सिध्याइ सक्यो ।’

उनले पटक पटक चुनावका वेला जनताले विश्वास गरेको भन्दै सत्तामा पुगेकाले जनताको मनोभावना बुझ्न नसकेको बताए ।‘गणतन्त्र नेपालीले एक पटक स्वीकार गरेकै हो । सत्तामा पुर्याएको पनि हो । जनताले भोट पनि हालेकै हो । तर उहाँहरुको मनोभावना हप्काउने, डरत्रास देखाउने किसिमको भयो । चुनावको वेला अलि अलि पैसा खर्च गरेपछि भोट जितिन्छ भन्ने मानसिकता भयो ।’

यसैगरी अछाम घर भएका राजेश कुमार शाही अलि फरक मत राख्दै गणतन्त्रको विकल्प राजतन्त्र नहुने बताउँछन् । उनी भन्छन्,‘यो गणतन्त्र जनताको त्याग र वलिदानले आएको गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हुन्छ । राजतन्त्र हुन सक्दैन ।’

यसैगरी रामेछाप लिखुतामा कोशी गाउँपालिकाका जन-प्रनितिधि समेत रहेका शिवप्रसाद न्यौपाने पनि राजतन्त्र नफर्किने र गणतन्त्रले नै जनभावना बुझ्ने बताउँछन् । उनी मरेका मान्छे फर्कनु र राजतन्त्र आउँछ भन्नु उस्तै हुने बताउछन् ।

‘नेपाली जनताको ठूलो वलिदानपछि गणतन्त्र आएको हो । यतिकै आएको होइन । साढे १७ हजार नेपाली दाजूभाइ मारिए, आमाहरुको कोख रित्तियो । ठूला राजनीतिक दल मिलेर गणतन्त्र आएको हो । अव राजतन्त्र आउनु भनेको दिवा सपना देख्नु हो । राजतन्त्र यो मुलुकमा आउदैन । जस्तै विति सकेका आमा-बुवा फर्केर आउँछ भन्ने परिकल्पना गर्ने मात्र हो, सपनामा मात्र देख्ने हो,’उनले भने ।

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend