Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपालमा पहिलो पटक ‘सेक्स चेन्ज’ अपरेसन सफल, विदेशमा भन्दा सस्तो सेवा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २५, २०८२
In विविध
0

(प्रमिला कार्की),२५ जेठ,काठमाडौं : नेपालमा पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सफलतापूर्वक गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी नेपालमै पहिलो चोटि सेक्स चेन्ज अपरेसन सफलता पूर्वक सम्पन्न गरिएको जानकारी दिएको हो ।

अस्पतालका प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा.जयनमान श्रेष्ठले विदेशी प्लााष्टिक सर्जन डा.अलिरेजा हमिदियन जहरोमीको नेतृत्वमका जनकपुर निवासी २५ वर्षीय ट्रान्सजेन्डरमा पहिलो पटक सेक्स चेन्ज अपरेसन गरेको जानकारी दिए । उनले पुरुषको लिंगको तन्तुहरू लाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरिएको जानकारी दिए ।

उनले भने,हामीले विदेशी प्लााष्टिक सर्जन डा.अलिरेजा हमिदियन जहरोमीको नेतृत्वमा र मेरो संयोजकत्वमा जनकपुर निवासी २५ वर्षीय ट्रान्सजेन्डरमा सेक्स चेन्ज अपरेसन सम्मपन्न गरेको छौं । पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरिएको छ । यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरेका छौ । ’

उनले बढिमा डेढ लाख देखि दुई लाख सम्मको खर्चमा अपरेसन सम्पन्न हुने जानकारी दिँदै अन्य देशहरुको तुलनामा एकदमै सस्तो भएको बताए ।

‘धेरै खर्च लाग्ने अवस्था चाँही छैन् । हाम्रो अस्पतालमा अपरेशनहरुको शुल्क थोरै नै छ । धेरै ठूलो अपरेशन पनि ५०–६० हजारमा नै गर्छौं । यो अपरेसन पनि साधारणतया ४०–५० हजारमा हुन्छ । बढिमा डेढ लाख देखि दुई लाख सम्म लाग्न सक्छ । थाइल्यान्ड र अन्य देशहरुको तुलनामा नेपालमा धेरै नै सस्तो छ,’ उनले भने

कानुन स्पष्ट छैन्

डा.श्रेष्ठका अनुसार ट्रान्सजेन्डरले विदेशबाट अपरेसन गरेर आए पछि आफ्नो कागजातमा लिङ्ग परवर्तन गर्ने व्यवस्था थियो । तर यो अपरेशन गर्न पाइने या नपाइने विषय नेपालको कानुनमा उल्लेख छैन ।

स्वास्थ्य उपचार सबैले गर्न पाउने मौलिक अधिकार भित्र रहेर आफूहरुले सेवा दिएको भन्दै उनले कानुनी रुपमा नै अधिकार दिएमा सेवा दिन थप सहज हुने धारणा राखे ।

उनले भने,‘यो भन्दा पहिला चाँही नेपालीहरुले विदेशमा नै गएर अपरेशन गर्ने गरेको थिए । विदेशबाट अपरेशन गरेर आएपछि चाँही आफ्नो कागजातमा लिङ्ग परवर्तन गर्ने व्यवस्था थियो । कानुनी रुपमा नै यो अपरेशन गर्न पाइने कि नपाइने भन्ने कुरा प्रष्ट रुपमा चाँही आएको छैन् । हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको मौलिक अधिकार पाउन पर्छ र यो त्यही भित्र चाँही परेको छ तर पछि गरेर यो कानुनी रुपमा नै अधिकार दिनुपर्छ भन्ने हाम्रो चाहना छ ।’

अपरेसन पछि केही समयसम्म अलिकति दुखाई हुने इन्फेक्सन हुने सामान्य स्वास्थ्य समस्या देखिने भएकाले राम्रो हेरचाह गर्नुपर्ने उनको सुझाव छ । ६ घण्टाको समयावधिमा अपरेसन सम्पन्न गरेको उनले जानकारी दिए ।

‘हामीले अपरेसन चाँही ६ घण्टाको अवधिमा गरेको थियौं । केही समय सम्म अलिकति दुखाइ हुने वा इन्फेक्सन हुने सामान्य समस्या देखिन्छ । तर हेरचाह गर्न सक्यो भने समस्या हुँदैन् । हेरचाह चाँही पछि सम्म गर्नु पर्ने हुन्छ,’ उनले भने ।

इतिहासकै पहिलो कदम

त्यस्तै डा. अलिरेजा हमिदियन जहरोमीले नेपालमा पहिलो पटक भएको यस्तो अपरेसन भएको भन्दै यसलाई ट्रान्सजेन्डरहरुको लागि नेपाली समाजमा समानताकोे अत्यन्तै महत्वपूर्ण कदमको रुपमा आफूले लिएको बताए ।

यो महत्वपूर्ण कदमको हिस्सा बन्ने अवसर दिनु भएकोमा धन्यावाद दिँदै उनले आगामी दिनहरुमा पनि यस्तो सर्जरीहरुमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले भने,‘नेपालमा यस्तो अपरेसन पहिलो पटक भएको हो । यो नेपालकै इतिहासमा एउटा महत्वपूर्ण कदम हो । ट्रान्सजेन्डरहरुको नेपाली समाजमा समानताको लागि पनि यो अत्यन्तै महत्वपूर्ण कदमको रुपमा मैले लिएको छु ।मलाई यो महत्वपूर्ण कदमको हिस्सा बन्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु । म आगामी दिनहरुमा पनि यस्तो सर्जरीहरुमा निरन्तर सहयोग गर्ने पूर्ण रुपमा प्रतिबद्धता जनाउन चाहन्छु ।’ त्यस्तै उनले नेपालमा सर्जरीको लागि समक्ष सर्जनहरु रहेको समेत बताए  ।

यस्तै, त्रिवि शिक्षण अस्पतालका सर्जन डा.इश्वर लोहनीले लैङ्गिक पहिचान पुष्टि शल्यक्रिया एउटा सुरुवात मात्र रहेको बताए । सेवा सुरु गरेर निरन्तर दिनलाई अप्ठ्यारो हुने भन्दै उनले सेवा सुरु गर्ने भन्दा पनि सेवालाई निरन्तरता दिने कुरा महत्वपूर्ण भएको धारणा राखे ।

उनले भने,यो लैङ्गिक पहिचान पुष्टि शल्यक्रिया एउटा सुरुवात हो । धेरै लामो यात्रा तय पार्नु पर्ने छ । यो सुरुवात मात्रै हो । विस्तारै अब सेवा सुरु गर्ने भन्दा पनि सेवालाई निरन्तरता दिने चाँही ठूलो कुरा हो । सेवा सुरु गरेर निरन्तर दिनलाई अलि गाहे नै हुन्छ । ’

उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा हाल ६ जना प्लास्टिक सर्जनहरु छन् । नयाँ, नयाँ सर्भिसहरु विस्तारै वातावरण हेरेर थप गर्ने अस्पतालको योजना छ  । उनले विभागको विकासमा अवकाश भएपनि कुनै न कुनै तवरबाट लागि नै रहने प्रतिबद्धता जनाए ।

उनले भने,‘विभागमा हाल ६ जना प्लास्टिक सर्जनहरु छन् । अहिले सेवा पहिलेको भन्दा दोब्बर बढी छ । नयाँ–नयाँ सर्भिसहरु विस्तारै वातावरण हेरेर थप गर्दैछौं । सेवाबाट अवकाश भएपनि कुनै न कुनै तवरबाट लाग्ने छौं ।  पीजीआई चण्डिगढ बाट प्लास्टिक सर्जरीमा एमसीज गर्ने पहिलो नेपाली भएर २०५४ मा माघदेखि यस अस्पतालमा प्लास्टिक सर्जरीको नियमित सेवा सुरु गरेको हो ।’

विश्वासको वातावरण जरुरी

त्यस्तै ब्लु डाइमन्ड सोसाइटिमा आवद्ध पिटर राईले नेपालको सर्जरीको प्रकृयाको इतिहास हेर्दा ट्रान्सजेन्डर समूदायमा सर्जरीको रिजल्टमा अविश्वासको समस्या रहेको बताइन् ।

भारतमा बढी पैसा लागेपनि रिजल्ट धेरै राम्रो देखिने गरेकाले नेपालमा पनि यो सर्जरीलाई निरन्तरता दिँदै विश्वासको वातावरण बनाउनु पर्ने औंल्याइन् ।

उनले भनिन्,‘म दुई वर्ष अगाडि मात्र ट्रास्सजेन्डर भनेर खुलेर आएको हुँ । म यसको नयाँ नयाँ चुनौतीहरुलाई आफ्नो परिवारको सहयोगमा फेस गर्दैछु । अब यसलाई कसरी टिकाउने भन्ने हो । नेपालको सर्जरीको प्रक्रियाको इतिहास हेर्दा समूदायमा सर्जरीको रिजल्टमा विश्वासको समस्या छ । भारतमा बढि पैसा लागेपनि रिजल्ट धेरै राम्रो देखिएको छ । त्यसैले पनि विश्वास छ । म आफ्नो रिजल्ट हेर्दा खुसी छु । नेपालमा पनि त्यो विश्वासको वातावरण बनाउनु पर्छ ।’

विदेशमा सर्जरीको लागि जाँदा धेरै लागत लाग्ने अनुभव सुनाउँदै उनले नेपालमा सेवा सुरु हुँदा कनेक्सनको महशुस र सहज प्रकृया हुने बताइन् ।

उनले भनिन्,‘नागरिकतामा महिलाको पहिचान राख्न चाहनेहरु बैंकक, इण्डिया जानुपर्छ । त्यसमा लागतको प्रक्रिया भिन्नै छ । सर्जरी गर्न जादा एक्लै नगइ साथी लिएर जानु पर्छ । उसको सबै खर्च आफैले व्यवहोर्नु पर्छ । बैंककमा धेरै साथीहरु जाँदा भाषाको समस्या हुन्छ । धेरै कुरा डाक्टरले बुझ्नु हुन्न । यहाँ नेपालमा हुँदा समस्या मात्र नभई कनेक्सनको महसुस गरी विश्वास गर्न सहज हुन्छ । आर्थिक रुपमा पनि सजिलो हुन्छ । भाषामा पनि समस्या पर्दैन् । मानसिकता पनि बलियो हुन्छ ।’

शिक्षण अस्पतालका अनुसार अस्पतालको प्लास्टिक सर्जरी विभागले यही जेठ १२ देखि १५ गते सम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका सर्जरी गरेको थियो । त्यसै क्रममा देशमै पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको सेक्स चेन्ज अपरेसन पनि सफल भएको हो ।

  • 35shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend