५ असार,रौतहट । एक १३ वर्षीया नेपाली किशोरी लाई विभिन्न निकायको सहयोगमा उद्धार गरिएको छ ।भारतीय शहर रक्सौल सीमामा भारतको सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा किशोरीको उद्धार गरिएको हो ।
किशोरी लाई विभिन्न प्रलोभन देखाएर भारत तर्फ लैजादै गरेको अवस्थामा सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएको भारतीय सुरक्षा निकायले उल्लेख गरिएको छ ।काठमाडौं बाट किशोरी लाई राम्रो जागिर तथा विहे गर्ने प्रलोभन देखाएर लैजादै गरेको अवस्थामा उद्धार गरिएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन ।
किशोरीले स्टार मेकर एप मार्फत भारत विहार पूर्वी चम्पारणका शेख रिजवान सग मित्रता भएको र पछि प्रेम सम्बन्धमा परिणत भएको किशोरीले बताइन् ।मानव तस्करी रोधी इकाईले तत्काल कारबाही गर्दै किशोरी लाई सुरक्षित राखी रिजवान लाई रक्सौलको हरैया थानामा बुझाएको छ । रिजवान विरुद्ध मुद्दा दर्ता भई अनुसन्धान जारी छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्