Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

वीरगंजमा पानी संकट, मधेश प्रदेश सरकार द्वारा बारुण यन्त्र र टयांकर परिचालन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ३२, २०८२
In विविध
0

३२ असार,जनकपुरधाम, मधेश प्रदेश ।वीरगंज सहित विभिन्न स्थानहरूमा बढ्दो खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले तत्कालीन राहत उपाय स्वरूप विशेष पहल थालेको छ। पानीको अभावका कारण जनजीवन प्रभावित भइरहेका बेला प्रदेश सरकारले आफ्नो स्वामित्वमा रहेका बारुण यन्त्र (फायर ब्रिगेड) र टयांकर परिचालन गरी प्रभावित क्षेत्रमा पानी आपूर्ति सुरु गरेको हो।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णय अनुसार बुधबार (आज) प्रदेश सरकारले आफ्ना ८ वटा वारुणयन्त्रहरू खानेपानी संकटबाट अति प्रभावित क्षेत्रमा खटाएको छ।

मुख्यमन्त्री सतिश कुमार सिंहका अनुसार, एक बारुण यन्त्रले ५ हजार लिटर पानी वहन गर्न सक्छ। ८ वटा बारुण यन्त्र बाट एक पटकमा ४० हजार लिटर पानी प्रभावित क्षेत्रमा पुर्‍याउन सकिने छ। “खानेपानी समस्या समाधानमा सरकार पूर्ण रूपमा क्रियाशील छ,” मुख्यमन्त्री सिंहले बताएका छन्।

प्रदेश सरकारको व्यवस्थापनमा रहेका ती बारुण यन्त्रहरू नेपाली सेनाले संचालन गर्नेछ, र ती २४ सै घण्टा निरन्तर प्रभावित क्षेत्रमा खटिने छन्। यस अघि पनि प्रदेश सरकारले वन कार्यालय अन्तर्गतका ३ वटा टयांकर मार्फत केही क्षेत्रमा खानेपानी आपूर्ति गरिसकेको छ।

मुख्यमन्त्री सिंहले जनाए अनुसार, आगामी दिनमा अन्य प्रभावित क्षेत्रहरूमा पनि थप सहयोग पुर्‍याउने उद्देश्यले ७ वटा टयांकर र थप १ वटा बारुण यन्त्र नेपाली सेनाको सहकार्यमा पठाउने तयारी भइरहेको छ।

सुक्खा र खानेपानी संकटका कारण समस्यामा परेका नागरिकहरूको पीडामा सरकार साथमा रहेको उल्लेख गर्दै उनले भने, “नागरिकको समस्या समाधान प्रदेश सरकारको प्रमुख प्राथमिकता हो।”

साथै, उनले प्रदेश सरकारले संघीय सरकार, स्थानीय सरकारहरू र मानवीय सहायतामा संलग्न दातृ निकायहरू सँग समन्वय गर्दै उपलब्ध स्रोत-साधनको अधिकतम प्रयोग गरी समस्या समाधानमा प्रयत्नशील रहेको स्पष्ट पारे।

  • 29shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend