‘गणतन्त्रको भत्ता खाएर सदन भित्र राजा खोज्ने देश’
२५ साउन,काठमाडौ । गाईजात्रा पर्वको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्य कलाकारहरु सँग साक्षत्कार कार्यक्रम गरेको छ ।साक्षत्कार कार्यक्रममा हाँस्य कलाकारहरु सन्तोष खनाल, सुयशा खनाल, सुवोध गौतम, दमन रूपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्त, लगायतले आ–आफ्नो प्रस्तुति राखेका थिए ।
हाँस्य कलाकार रूपाखेतीले तीन शीर्ष नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यंग्य गरे । उनले आफ्नो कमेडी मार्फत बृद्ध नेताहरुले अब राजनीति बाट सन्यास लिनु पर्ने सन्देश दिए ।

‘ओलीको बोलीले देश र जनतालाई भयो झेली । आफूमात्रै ठीक, अरु बेठीक ठान्ने । आफूलाई मान्नेलाई कार्यकर्ता मान्ने, आफूलाई नमान्नेलाई पार्टी बाटै हटाउने । कम्युनिष्टको नाममा कमाउनिष्ट भएर जनतालाई ट्वाँ पार्ने गाईजात्रे ओलीलाई सबै मिलेर बाँधौं,’जोगीले फेरि लगाउने शैलीमा उनले प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रति व्यंग्य गरे ।
अर्का हाँस्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ देशमा भइरहेको भ्रष्टाचारबारे आफ्नो व्यंग्य प्रस्तुत गरे । उनले कवितात्मक शैलीमा आफ्नो प्रस्तुति यसरी राखे, ‘राम्रा मान्छे पनि बिग्रिन्छन् रे सदन भित्र छिरे पछि । भ्रष्टाचारको त बोरै निस्किँदो रहेछ मन्त्री र सांसदको भुँडी चिरे पछि ।’

उनले आफूले प्रत्येक २२ वर्ष देखि गाइजात्रा गर्दै आइरहेको बताए । यस पटक पनि ओएसआर डिजिटल मार्फत मिसन नौटङ्की भन्ने गाइ जात्रै प्रस्तुति दिएको उनले बताए ।त्यस्तै, अर्का हाँस्य कलाकार श्रीकृष्ण सिम्खडाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवा लगायतको क्यारिकेचर गरेका थिए । उनले आफ्नो रचना रहेको गीत समेत सुनाएका थिए ।
कलाकार राजा राजेन्द्रले देशमा नकारात्मकता मात्रै देख्न नहुने धारणा राखे । देश पहिला के थियो र अहिले के भइरहेको छ भन्ने कुरा पढेलेखेका मान्छेहरुलाई थाहा हुनु पर्ने उनको भनाइ थियो । ‘पहिला ऋणको अनुपात के थियो, अहिले के छ, पहिला विद्युतीकरण के थियो, अहिले कति छ ? पढेलेखेका मान्छेहरुलाई थाहा होस्, उनले भने ।
वरिष्ठ हाँस्य कलाकार शैलेन्द्र सिम्खडाले २०३७ साल देखि आफू निरन्तर गाइजात्रामा रहेको बताए । आफ्नो मुख्य उद्देश्य भनेको हाँस्य व्यंग्यको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको उनले बताए ।अहिले गाइजात्रा दैनिक रुपमा सडकमै भइरहेको बताए । उनले आफ्नो प्रस्तुति लाई यसरी कवितात्मक शैलीमा प्रस्तुत गरे ।



















आफ्नो प्रतिकृया दिनुहोस्