Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ३, २०८२
In आलेख
0

(प्रमिला कार्की),काठमाडौं । नेपालका लागि संविधान दिवस मात्र कानुनी दस्तावेजको सम्झना नभएर लोकतन्त्र, युवाहरुको आशा र राज्यका संरचनामा आमूल परिवर्तनको प्रतिक पनि हो । 

सन् २०१५ को संविधान लागू भएको आज सम्मको यात्रा उतार चढावमै विते । हालैका ‘GEN-Z’ आन्दोलनले संविधानमा भएका व्यवस्थाहरु माथि नयाँ ढंगल व्याख्या गर्न थालिएको छ । जसका कारण संविधान लेख्नु मात्र नभइ त्यसको अर्थ जीवित राख्नुलाई महत्वपूर्ण मानिएको छ ।

लोकतन्त्रका लागि होइन भने संविधान कागज र पर्खाल मात्र हो । तर जब युवाहरुको आवाज सडकबाट उठ्न थाल्छ त्यो पर्खाल भत्कन्छ भन्ने कुरा आन्दोलनले पुष्टि गरेको हो कि भन्ने अनुभुत समेत गराउँछ ।

सामाजिक असमानता, भ्रष्टाचार र युवाहरुमा अवसरको कमीका कारण जेनजी आन्दोलन शुरु भयो । जसका कारण संविधान बारेको बहस त अब सैद्धान्तिक मात्र होइन, व्यवहारिक आवश्यकता पनि बनेको छ ।

‘GEN-Z’ आन्दोलनको सवाल

संचार माध्यमहरूमा सामाजिक सञ्जाल बन्दले थिचिएको जनआवाजलाई बाहिर ल्याउन आन्दोलन एक बलियो आधार बन्यो । यही मौकामा भ्रष्टाचार र राजनीतिमा पुराना नेताहरूको हाबी साथै युवाहरु लाई जिम्मेवारी नदिने गरी भएका निर्णय प्रक्रियाले असन्तुष्टि वा क्रोध बढाएको प्रष्ट हुन्छ ।

सामाजिक सञ्जाल नियन्त्रणको अन्त्य र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता राजनीतिक संरचनामा युवाको सहभागिता र नेतृत्व पदहरूमा परिवर्तन गर्नु पर्ने, संविधान संशोधन जसले शक्ति सन्तुलन, न्यायपालिकाको स्वतन्त्रता, लोकतान्त्रिक प्रक्रिया र नागरिक अधिकारमा सुधार होस् भन्ने माग उनीहरुको थियो ।

संविधानको प्रासंगिकता र संवैधानिक व्यवस्था

संविधान दिवसले हामीलाई सम्झाउँछ कि संविधान केवल राजनीतिक समझदारी होइन । यो मानवीय अधिकार, न्याय, समानता र कर्तव्यको संग्रह हो । तर संविधान लेखिएको सन् २०१५ मा धेरैले यसको प्रक्रिया र सामग्रीमा त्रुटिहरू रहेको भन्दै आपत्तिका आवाजहरु उठेका थिए । मधेसी, थारू र अन्य अल्पसंख्यक समूहका अधिकार, सीमा र समावेशीकरणका विषयहरूमा ब्यापक बहस भएको थियो । संविधान संशोधनको प्रक्रिया तोकिएको भए पनि राजनीतिक दलका शक्ति संरचनाहरूले बहुधा राजनीतिक स्वार्थलाई प्राथमिकता दिए पछि विस्फोटको अवस्थामा पुगेको अनुमान गर्न सकिन्छ ।

संविधान दिवसले अहिलेका आन्दोलनको कल्पना  र संवैधानिक नियमावली बीचको दूरीलाई स्पष्ट रुपमा देखाउँछ । संविधानले प्रत्यक्ष ‘अन्तरिम सरकार’ को प्रावधान गर्दैन; तर संसद विघटन र नयाँ चुनावको व्यवस्था संविधानमा नै सम्भव छ ।  अर्थात्, अन्तरिम सरकारको गठन संवैधानिक नियमावलीको दायरा भित्र नरहोस् भन्ने अर्को दृष्टिकोण पनि छ । जसले यसलाई अस्थायी र संवेदनशील बनाउँछ । तर घट्नाक्रमले सिर्जना गरेको परिस्थिति र सडकको आवाजलाई संविधानले सम्बोधन नगरे पनि परिस्थिति अनुसार सम्बोधन गर्नु पर्ने बाध्यता देखिन्छ ।

संविधान परिमार्जन कि संशोधन ?

‘GEN-Z’ आन्दोलनका क्रममा संविधानको गम्भीर परिमार्जनको कुरा उठ्यो । यसका पक्ष र विपक्ष मतहरु उठिरहेका छन् । छिटो सुधार र परिवर्तनका लागि मार्ग खुल्ने, वर्तमान राजनीतिक दल र सत्ता संरचनाले प्रतिरोध गर्ने सम्भावना र युवा अपेक्षाहरू एवम लोकतन्त्रको भावनालाई संविधानले सम्बोधन गर्छ कि गर्दैन भन्ने बहस जारी छ । तर संविधानको व्यावहारिक पक्ष स्पष्ट देखिदैन् । अब संविधान संशोधन कि परिमार्जन भन्ने बहस शुरु हुनु अनौठो होइन । संशोधन गर्नका लागि संसदको समर्थन आवश्यक हुनेछ, जुन वर्तमान अवस्थामा सत्तारूढ दल र विपक्षी दलहरूको सहमतिको प्रश्न हो । अनि सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयको भूमिका पनि महत्त्वपूर्ण हुनेछ । अन्तरिम सरकारले यि कुनै पनि विषयमा काम गर्न सक्ने संभावना देखिदैन् ।

संविधान दिवसको सन्देश र भविष्यको बाटो

परिवर्तनको भूमिका स्वीकार्नु संविधान केवल नियम होइन, जीवनको अनुभूति हो । युवाहरुले जुन प्रकारले अधिकार, न्याय र पारदर्शिताका लागि आवाज उठाएका छन्, त्यो सुनिनु पर्छ । संलग्नता र सहभागिताको सुनिश्चितता, नयाँ नीति, न्यायपालिका र शासकीय संरचनामा युवाको प्रतिनिधित्व सामाजिक न्यायका लागि निहित आवश्यक छ ।

संविधान दिवस सन् २०२५ मा नेपालको लागि केवल उत्सव होइन, निर्णयको मोड हो । ‘GEN-Z’ आन्दोलनले देखायो कि युवा शक्ति अब मौन छैन । उनीहरु अपेक्षा मात्र होइन, व्यवहारिक उत्तर चाहन्छन् । सरकार र सम्भावित संविधान संशोधनको प्रक्रिया संवैधानिक प्रावधान र राजनीतिक इच्छा शक्तिको मेल भयो भने मात्र लोकतन्त्रले मजबुती पाउने छ । संविधान दिवसले संविधानलाई सुरक्षित, सहभागी र न्यायपूर्ण बनाएर अघि बढ्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती दिएको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३
आलेख

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३
आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend