Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आज सामाजिक न्याय दिवस

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ८, २०८२
In दिवस
0

८ फागुन,काठमाडौं । सामाजिक न्यायको प्रवद्र्धन तथा असमानता घटाउने उद्देश्यले विश्वभर आज फेब्रुअरी २० मा सामाजिक न्याय दिवस मनाइँदैछ । सामाजिक न्याय, समान अवसर र समावेशी विकास सुनिश्चित गर्न अन्तर्राष्ट्रिय स्तरमा विभिन्न नीतिगत पहल हुँदै आएका छन्।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २००८ जुन १० मा निष्पक्ष विश्वव्यापीकरणको परिप्रेक्ष्यमा सामाजिक न्यायका लागि घोषणा सर्वसम्मतिले पारित गरेको थियो। उक्त घोषणा सन् १९४४ को फिलाडेल्फिया घोषणा र सन् १९९८ को काममा मौलिक सिद्धान्त तथा अधिकार सम्बन्धी घोषणा पछि आईएलओको तेस्रो प्रमुख नीतिगत दस्तावेजका रूपमा मानिन्छ । यस घोषणाले विश्वव्यापीकरणको युगमा श्रम अधिकार, सामाजिक सुरक्षा र समान अवसरलाई सुदृढ गर्न संस्थाको समकालीन दृष्टिकोण स्पष्ट गरेको छ ।

यसैगरी सामाजिक न्यायका पक्षमा कार्यरत विभिन्न संस्था र नागरिक समाजको पहललाई सम्मान गर्दै ग्लष्तभम ल्बतष्यलक महासभाले सन् २००७ नोभेम्बर २६ मा प्रत्येक वर्ष फेब्रुअरी २० लाई सामाजिक न्याय दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।

नेपालमा सामाजिक न्याय तथा सुरक्षाका लागि ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, पिछडिएका समुदाय, लोपोन्मुख आदिवासी जनजाति र बालबालिकालाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ । तर भत्ता वितरणमा आर्थिक तथा सामाजिक स्तरीकरण स्पष्ट नहुँदा जोखिममा रहेका समुदाय र सक्षम समूहका व्यक्तिले समान रूपमा सुविधा उपयोग गर्ने अवस्था देखिएको छ ।

विशेषज्ञहरूका अनुसार सामाजिक सुरक्षा कार्यक्रमलाई पुनरावलोकन गरी वास्तविक रूपमा कमजोर र वञ्चित समूहमा लक्षित बनाउनु आवश्यक देखिन्छ । त्यसैगरी विकास कार्यक्रमहरूले मूलधारबाहिर रहेका जनसमुदाय र दुर्गम भौगोलिक क्षेत्रलाई समेट्ने गरी समावेशी विकास रणनीति नअपनाउँदा सामाजिक न्यायको लक्ष्य अझै अपूरो रहेको विश्लेषण गरिएको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

दिवस

देशभर विभिन्न कार्यक्रम गरी मनाइयो ‘विश्व रेडियो दिवस’

फाल्गुन १, २०८२
दिवस

संकटमा सिमसार: संरक्षणको चुनौती र चेतना जगाउँदै विश्व सिमसार दिवस मनाइँदै

माघ १९, २०८२
दिवस

शहिद दिवसमा बालेनको सन्देश : ८५ वर्षमा व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

माघ १६, २०८२
दिवस

आज शहिद दिवस : शहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम, मधेश प्रदेश सरकार द्वारा पनि विविध कार्यक्रम

माघ १६, २०८२
दिवस

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२
दिवस

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

अशोज २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा

फाल्गुन ८, २०८२

निर्वाचन तयारीको अनुगमनका लागि प्रधानमन्त्रीको मुस्ताङ र कास्की भ्रमण

फाल्गुन ८, २०८२

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरु

फाल्गुन ८, २०८२

कुकुर भुकेकै निहुँमा मण्डपमा चल्यो लाठी-मुङ्ग्री, बेहुलीले तोडिन् सम्बन्ध

फाल्गुन ८, २०८२

राष्ट्रिय प्रजातन्त्र दिवस: शहीदको स्मरण र उत्साहका बीच देशभर विविध कार्यक्रम गरी मनाइयो

फाल्गुन ७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend