Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

इजरायलद्वारा इरानमाथि आक्रमण, देशभर आपतकाल घोषणा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १६, २०८२
In अन्तराष्ट्रिय
0

१६ फागुन, (एजेन्सी): इजरायलले शनिबार इरानविरुद्ध पूर्वसावधानी स्वरूप क्षेप्यास्त्र आक्रमण सुरु गरेको जनाएको छ । सुरक्षा जोखिम बढेपछि देशभर सायरन बजाइएको र नागरिकलाई सुरक्षित आश्रयस्थलमा बस्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

इजरायली रक्षामन्त्री इस्रायल काट्जले इरानबाट हुन सक्ने सम्भावित आक्रमणलाई निष्क्रिय पार्न पूर्वआक्रमण गरिएको बताएका छन् । इजरायली रक्षा बल (आईडीएफ)ले सुरक्षा सतर्कता उच्च बनाउँदै सर्वसाधारणलाई सुरक्षित स्थान नजिकै बस्न र सरकारी निर्देशन पालना गर्न आग्रह गरेको छ । केही सुरक्षा स्रोतलाई उद्धृत गर्दै विदेशी सञ्चारमाध्यमहरूले अमेरिकाको सीमित सहकार्य रहेको दाबी गरेका छन्, यद्यपि यसबारे औपचारिक पुष्टि भएको छैन ।

यसैबीच, इरानी अधिकारीहरू लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई राजधानी तेहरानबाट सुरक्षित स्थानमा सारिएको जनाएका छन् । तेहरानका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको र केही भागमा मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन् ।

आईडीएफले सुरक्षा मूल्याङ्कनपछि ‘होम फ्रन्ट कमान्ड’ निर्देशिका संशोधन गर्दै देशभर ‘पूर्ण गतिविधि’ अवस्थाबाट ‘आवश्यक गतिविधि’मा रूपान्तरण गरेको जनाएको छ । शैक्षिक संस्था, सार्वजनिक जमघट तथा गैरआवश्यक कार्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् । रक्षामन्त्री काट्जले नागरिक सुरक्षा ऐनअन्तर्गत देशव्यापी विशेष आपतकाल घोषणा गर्दै मिसाइल र ड्रोन आक्रमणको सम्भावनाबारे चेतावनी दिएका छन् ।

उता, अमेरिकामा आयोजित एक कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “कठिन र खतरनाक राष्ट्र”को संज्ञा दिँदै परमाणु वार्तामा ठोस र अर्थपूर्ण निर्णय आवश्यक रहेको बताएका थिए । इरान र अमेरिका बीच हालै जेनेभामा तेस्रो चरणको वार्ता सम्पन्न भएको थियो भने आगामी चरणको वार्ताको तयारी जारी रहेको बताइएको छ ।

मध्यपूर्वमा बढ्दो सैन्य तनाव बीच इजरायल–इरान द्वन्द्व थप चर्किने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन र कूटनीतिक पहल मार्फत समाधान खोज्न आग्रह गरिरहेको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend