Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ४, २०८२
In मनोरन्जन
0


४ चैत,काठमाडौं ।
नेपाली कथानक चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ । बुधबार एक विशेष कार्यक्रमका बीच ओएसआर डिजिटलमार्फत निर्माण टिमले गीत सार्वजनिक गरेको हो ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायिका रचना रिमालले वरिष्ठ गायक रामकृष्ण ढकालसँग सहकार्य गर्ने आफ्नो इच्छा पूरा भएको बताइन् । उनले फिल्मी गीत प्रति आफ्नो रुचि बढ्दै गएको उल्लेख गर्दै यस अवसरप्रति खुशी व्यक्त गरिन् ।

उनले भनिन्, ‘गीत गाउन रामकृष्ण ढकाल दादासँग एकदमै रहर थियो त्यो पूरा भएको छ । यो गीतमा जोडिनु हुने सम्पूर्णलाई एकदमै सम्झिन चाहन्छु । मलाई फिल्मको गीतहरु अचेल आइरहेको छ । पहिला पहिला कस्तो होला फिल्मको गीतहरु भन्ने लाग्थ्यो । मैले जे चाहेको थिए त्यो पूरा भएको छ ।’

त्यस्तै, गायक रामकृष्ण ढकालले ‘सुनैको सपनी’ गीतले दर्शकको मन छुने विश्वास व्यक्त गरे । उनले चलचित्रले ग्रामीण परिवेशमा आधारित चोखो प्रेमकथा प्रस्तुत गर्ने र सन्देश समेत दिने बताए । उनले भने, ‘यो गीतले दर्शकको मन छुने कुरामा म विश्वस्त छु । ग्रमिण परिवेशमा गर्ने एउटा चोखो मायाको कथा हो यस फिल्ममा । यो चलचित्रले सन्देश पनि दिएको छ ।’

अभिनेत्री वर्षा राउतले गीतका शब्द र दृश्य संयोजनको प्रशंसा गर्दै यसले दर्शकलाई आनन्द दिने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘यो गीत हेर्दा आँखालाई पनि सित्तल भएजस्तो फिल भएको छ । आनन्द आइरहेको छ । गीतमा शब्दहरु एकदमै राम्रो छ । मिठो शब्दहरु मिलाएर मिठो गीत बनेको छ ।’

उक्त गीतमा वर्षा राउत र विजय बराल फिचर्ड रहेका छन् भने स्वर रामकृष्ण ढकाल र रचना रिमालको रहेको छ । गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने संगीत उज्ज्वल सागरले दिएका छन् । चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन् भने कथा तथा निर्देशन प्रकु पाण्डेयले गरेका हुन् । सह–निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, बेदना कर्मचार्य, पद्मावती गुरुङ र स्वीकृति बस्नेत रहेका छन् ।

‘मालती मंगले’ आगामी वैशाख २५ गते देखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। साथै प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३
मनोरन्जन

फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

चैत्र १९, २०८२
मनोरन्जन

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

चैत्र १७, २०८२
मनोरन्जन

ठमेलको एलओडीमा विनोद राठोड र अनीश ओकेलीको महासंगम

चैत्र ७, २०८२
मनोरन्जन

‘लालीबजार’को गीत ‘मायालाई के दिउँ म बैना’ सामाजिक सञ्जालमा ट्रेन्डिङ

चैत्र ३, २०८२
मनोरन्जन

अदालती बहस देखि संगीतको धुन सम्म: सरकारी वकिलको एउटा ‘प्रेमकथा’

फाल्गुन १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend