२५ चैत ,जनकपुरधाम । प्रदेश नं. २ मा मंगलवार सम्म कोरोना भाइस सङ्क्रमणको आशङ्कामा ११९ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । सङ्कलित मध्ये १०३ को जाँचको नतिजा आएको प्रदेश समाजिक विकास मन्त्रालय द्वारा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार १०३ जनाकै नतिजा नेगेटिभ छ भने १६ जनाको नतिजा आउन बाँकी छ ।सचिव घिमिरेले नमूना सङ्कलन र परिणामलाई तीव्रता दिन क्षमता विस्तारका लागि प्रयास भइरहेको तथा आशंका गरिएकाको स्वाबको नमूना सङ्कलनको गति र क्षमता बढाउन सरकारले गृहकार्य गरिरहेको र यसमा सङ्घीय सरकारबाट थप सहयोग को आश्वासन प्राप्त भएको बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्