२६ चैत,काठमाडौं । सरकारले विभिन्न देशका लागि नियुक्त अवैतनिक महावाणिज्य दूतहरुले पाउँदै आएको नीलो नम्बर प्लेट र नेपाली झण्डाको सुविधा तत्काल को लागि खारेज गरेको छ । एक अवैतिनक महावाणिज्य दूतले नीलो नम्बरप्लेटको दुरुपयोग गरी सोही गाडीबाट अत्यावश्यक स्वास्थ्य सामाग्रीको कालोबजारी गरिरहेको पुष्टि भएपछि परराष्ट्र मन्त्रालय ले यस्तो निर्णय गरेका छन् । मन्त्रीस्तरीय निर्णयको विषयमा मन्त्रालयले विज्ञप्ति समेत यो खबर सार्वजनिक गरेको छ । नेपालमा विभिन्न देशका लागि नियुक्त भएका ४७ महावाणिज्य दूतहरु रहेका छन् । अब उनीहरुले अर्को निर्णय नभएसम्मका लागि आफ्नो गाडीमा नीलो नम्बर प्लेट र नेपालको झण्डा प्रयोग गर्न पाउने छैनन् । मंगलबार किर्गिस्तानका लागि सरकारका महावाणिज्यदूत समेत रहेका शंकर ग्रुपका मालिक तथा जगदम्बा स्टीलका संचालक सुलभ अग्रवालले नीलो नम्बर प्लेट लगाएको आफ्नो गाडीबाट ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरिरहेको भेटिएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यो निर्णय तत्काल लागू भएको समेत मन्त्रालयले प्रष्ट पारेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्