Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कोरोना सङ्क्रमितको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २८, २०७६
In स्वास्थ्य/ सौन्दर्य
0

२८ चैत,काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ ।मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको भन्दै हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताउनुभयो ।

उहाँले गत २४ घण्टामा ६३० वटा परीक्षण गरिएको जानकारी दिनुभयो । आठ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनका व्यक्तिको सङ्ख्या १२५ रहेको छ ।प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताउनुभयो । बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालीम दिइएको र परीक्षणसमेत शुरु गरिएको सो अवसरमा जानकारी दिइयो ।

सङ्कटको समयमा जनशक्ति अभाव नहोस् भन्दै मन्त्रालयले सेवा बाहिरका र सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन आग्रह गरेको छ । मन्त्रालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने भएको छ । विपत्मा सहयोगका लागि स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा काट्ने किसिमको निणय मन्त्रालयले नगरेको भन्दै उच्च मनोबलका साथ काम गर्न मन्त्रालयले आग्रह गरेको छ ।(रासस)

  • 34shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्वास्थ्य/ सौन्दर्य

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२
स्वास्थ्य/ सौन्दर्य

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२
स्वास्थ्य/ सौन्दर्य

तराईका बजारमा विषादी मिसिएका तरकारी प्रशस्तै, धरानमा मात्रै २४ क्विन्टल काउली नष्ट

बैशाख २३, २०८२
स्वास्थ्य/ सौन्दर्य

‘मिस्टर वर्ल्ड २०२४’ मा सहभागी जनाउन सन्तोष लोक्सम भियतनाम प्रस्थान

कार्तिक १९, २०८१
स्वास्थ्य/ सौन्दर्य

मिसेस नेपाल वर्ल्ड २०२४ का प्रतियोगीले गरे ट्यालेन्ट राउण्ड अन्तर्गत आफ्नो प्रतिभा प्रदर्शन

अशोज २२, २०८१
स्वास्थ्य/ सौन्दर्य

‘मिस भिवा’ का प्रतिस्पर्धीहरूको स्विम शुट ग्राउन्ड सकियो

भदौ २३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुर

जेष्ठ ११, २०८२

पानीको मुलुकमा पिउने पानीकै हाहाकार : नेता निधि

जेष्ठ ११, २०८२

रामेछापमा ससुरा द्वारा बुहारीको खुकुरी प्रहार गरी हत्या

जेष्ठ ११, २०८२

काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी

जेष्ठ ११, २०८२

प्रचण्डको व्यंग्य: प्रधानमन्त्री ओलीलाई मानसिक जाँच गराउन सुझाव

जेष्ठ ११, २०८२
Black and Grey Modern Festival Music Instagram Post - 1

रुस–युक्रेन युद्ध: आक्रमण जारी, किभमा क्षेप्यास्त्र र ड्रोन हमला, ठूलो क्षति

जेष्ठ ११, २०८२

षट्कोण आर्ट्सको नयाँ फिल्म ‘लालीबजार’ को मिनिमल पोस्टर सार्वजनिक

जेष्ठ ११, २०८२

लुकि-छिपी ट्राफिक चेकजाँच माथि पुन: प्रश्न, दुर्घटनाको जोखिम बढ्दो

जेष्ठ ११, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend