Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

लकडाउन : असहाय बाच्छाबाच्छीको उद्धारमा रातदिन दर्गुदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २८, २०७६
In समाज
0

२८ चैत,काठमाडौँ : औषधि पत्ता नलागेको विश्वका लागि विल्कुलै नयाँ रोग कोभिड–१९ को बढ्दो जोखिमका बीच एउटा समूह काठमाडौँ उपत्यकाको सडकमा दर्गुदैमा दिन बित्छ । बेवारिसे गाई, तथा बाच्छाबाच्छी खोज्नु उक्त समूहको दैनिकी बनेको छ ।मोबाइलमा घण्टी बज्ने बित्तिकै गाई बाच्छा लिन तम्तयार हुनुपर्छ । कहिले झक्तपुर, कहिले काठमाडौँ त कहिले ललितपुरबाट गाई लिन आउनुप¥यो भनेर पटकपटक फोन आउँछ । खान बसेको गाँस भन्न नभ्याउँदै गाडी लिएर दौडनुपर्छ । विगत केही दिनदेखि यस्तै दैनिकीमा हुनुहुन्छ गाई, बाच्छाबाच्छी संरक्षण अभियान नेपालका संयोजक तथा अधिकारकर्मी उत्तम पुडासैनी ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नेपाल पनि उच्च जोखिममा परेको मुलुक हो । अहिलेसम्म नौ जनामा रोग सङ्क्रमण भए पनि अन्यमा फैलिएको अबस्था छैन । रोग फैलिन नपाओस् भनेर सरकारले यही चैत ११ गतेदेखि अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको आदेश (लकडाउन) अहिले तेस्रो हप्तामा चलिरहेको छ । यो बेलामा धेरै मानिस घरमै बसिरहेका बेला उक्त समूह भने सडकमा असहाय बाच्छाबाच्छीको उद्धारमा रातदिन नभनी खटिएको छ । अझ लकडाउनको अवस्थामा पशुपक्षी भोकै बस्नुपर्ने अवस्था देखिएको छ ।

मानवसेवा आश्रमले सडकमा रहेका बेवारिसे मानवको उद्धार गरेर संरक्षण गरिरहेका बेला अर्काे एउटा समूह भने सडकमा बेवारिसे बाच्छाबाच्छीको संरक्षण र हेरचाहमा खटिएको छ । “लकडाउनको बेलामा पनि फुर्सद छैन, सडकका बेवारिसे बाच्छाबाच्छी संरक्षणमा दौडिरहेका छौँ”, पुडासैनीले भन्नुभयो, “उपत्यकामा यस्ता असहाय गाई, बाच्छाबाच्छी मुक्त गराउने हाम्रो अभियान हो ।”उक्त अभियानमा बाच्छाबाच्छी संरक्षण अभियान नेपाल, पशुपक्षीप्रति निर्दयता रोकावट समाज (एसपिसिए) नेपाल, पशुपति क्षेत्र विकास कोष, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलगायत संस्थाका प्रतिनिधि सहभागी छन् ।

अभियानमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदिप ढकाल आफैँ खटिनुभएको छ । एसपिसिए नेपालका अध्यक्ष विकेश श्रेष्ठ, महासचिव वीना पन्त, अभियानकर्मी दीपक पुडासैनी, गोपाल खड्का, मधु पुडासैनी, विकास थापालगायतको टोली सक्रिय हुनुहुन्छ ।उपत्यकालाई असहाय बाच्छाबाच्छी मुक्त बनाउने उद्देश्यसहित एक वर्षदेखि शुरु भएको खोजी अभियानलाई चैत २६ बाट पुनः सक्रिय बनाइएको छ । चक्रपथ आसपास क्षेत्रबाट सोही दिन आठ वटा असहाय बाच्छाबाच्छीको उद्धार गरिएका थियो । बिहीबार भक्तपुरको सूर्यविनायक क्षेत्रबाट १८ बाच्छाबाच्छी उद्धार गरिएकोमा आजमात्रै वनस्थली, गोङ्गबुलगायत क्षेत्रबाट १७ गाई, बाच्छाबाच्छी उद्धार गरिएको एसपिसिए नेपालका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उद्धार गरिएको पशुलाई वाग्मती किनारस्थित गोठाटारमा राखिएको छ । यहाँ अहिले ११९ पशु राखिएको छ । उक्त अभियानमार्फत उपत्यकाभित्र रहेका सबै असहाय बाच्छाबाच्छीको संरक्षण गर्ने योजना बनाइएको छ । तत्काल सडकमा भएकालाई उद्धार गरिने र त्यसपछि जति पनि पशु सडकमा आउँछ त्यसको जिम्मेवारी स्थानीय तहले बेहोर्ने गरी काम प्रारम्भ गरिने जनाइएको छ । उपत्यकामा रहेको झण्डै तीन हजार असहाय बाच्छाबाच्छीको संरक्षण गर्ने योजना रहेको अभियानकर्मीले बताएका छन् ।सडकमा मुख्य गरी पाँच किसिमले सडकका बाच्छाबाच्छी मर्ने गरेको पाइएको छ ।

यियानकर्मी पुडासैनीका अनुसार आमासँग छुट्टिएको पीडा, कमजोरलाई कुकुरले टोक्ने, गाडीको ठक्करबाट, खान नपाएर तथा दूषित पानी र खानाले मर्ने अवस्था रहेको छ । अझ केही गिरोहले तस्कर गरेर गाई बाच्छा मार्ने गरेको पाइएको समेत उहाँले बताउनुभयो । दूधे बाच्छाबाच्छी नै मानिसले सडकमा छाड्न गरेका छन् । यसअघि ७० गाई, बाच्छाबाच्छी उद्धार गरिएकोमा अहिले थप ४३ वटा उद्धार भएको छ । पुडासैनीले सबैमा अनुरोध गर्दै भन्नुभयो, “आउनुहोस् सबै मिलेर संरक्षण गरौँ, यस्ता जनावरलाई हेलाँ होइन माया गरौँ ।”

मुलुकका विभिन्न सडक क्षेत्रमा पशु यत्रतत्र छाडिएको देखिन्छ । बूढो, अपाङ्ग, अङ्गभङ्ग भएका गाई, बाच्छा, गोरु, बिरालो, कुकुर दयनीय अवस्थामा भेटिने गरेको छ । गाडीले ठक्कर दिएका पशु विक्षिप्त अवस्थामा भेटिन्छन् । यस्ता पशुको उपत्यकामा व्यवस्थापनमा ठूलो चुनौती छ । सरकारी तवरबाट खासै चासो पुग्न सकेको छैन । निजी प्रयासमा समुदाय सङ्गठित भएर पशुको उद्धार, व्यवस्थापन र संरक्षणका काम भइरहेपनि प्रयास पर्याप्त हुन नसकेकाले अब वडा वडा तहमै पुगेर सरकारलाई संरक्षणमा बाध्य बनाउने योजना रहेको एसपिसीए नेपालका महासचिव वीना पन्त बताउनुहुन्छ । लकडाउन सकिने बित्तिकै उक्त कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

पशु संरक्षणका लागि भएको कानून पनि राम्ररी कार्यान्वयन हुन सकेको छैन । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपक्षीसम्बन्धी कसुरको व्यवस्था छ । संहिताको दफा २९० मा कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामथ्र्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिकरुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न नहुने उल्लेख छ ।

उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा रु पाँच हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । संहिताको दफा २८९ मा त्यस्ता पशु मर्न गएमा तीन वर्षसम्म कैदको व्यवस्था छ । अङ्गभङ्ग गराएमा छ महिनासम्म कैद हुन्छ । रोगी तथा वृद्ध पशुलाई सार्वजनिक स्थानमा छाड्न नहुने र यस्तो कार्य गरेमा तीन महिना कैद र पाँच हजार जरिवानाको व्यवस्था छ ।(रासस)

  • 17shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend