Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणाली : शिक्षा मन्त्री पोखरेल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २८, २०७६
In समाचार
0

२८ चैत,काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताउनुभएको छ ।उहाँले विद्युतीय सिकाइ नेपालको समग्र शिक्षा क्षेत्रको लागि उपयोगी हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । कोरोना भाइरसको महामारीपूर्व नै नेपालको शिक्षालाई दूर शिक्षा वा अनलाइन शिक्षामा लैजान सरकारीस्तरबाट विभिन्न पहल भइसकेको बताउँदै उहाँले अनलाइन कक्षालाई बढीभन्दा बढी अन्तक्र्रियात्मक बनाउनुपर्नेमा जोड दिनुभयो ।

“कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई अध्ययन गर्न हामीले एउटा समिति गठन गरिसकेका छौँ”, उहाँले भन्नुभयो “सो समितिले गरेको अध्ययनको निष्कर्षको आधारमा शिक्षा क्षेत्रको भविष्यको दिशा तय गरिनेछ ।” किंग्स कलेजले आज गरेको ‘इम्ब्रेसिङ द क्यावस’ नाम दिइएको अन्तर्राष्ट्रिय भर्चुअल कन्फरेन्स शिक्षामन्त्री पोखरेलले सो कुरा बताउनुभएको हो ।विभिन्न राष्ट्रका प्राध्यापक तथा शिक्षक, नेपाली उद्यमी, विद्यार्थी, शिक्षक, विद्यालयका नेतृत्वकर्ता तथा शिक्षा क्षेत्रमा चासो राख्ने करिब ८५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीको ऊक्त विद्युतीय अन्तक्र्रियामा सहभागिता थियो ।

कोरोना भाइरसको कारण राष्ट्रले बन्दाबन्दी (लकडाउन) को घोषणा गरेसँगै शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरिरहेको सन्दर्भमा विद्युतीय कक्षासम्बन्धी अन्तर्राष्ट्रिय जगतको अनुभव, सिकाइ, विश्लेषण, सफल अभ्यास तथा अनुसन्धानमाथि विचार विमर्श गर्दै नेपालका शैक्षिक संस्थालाई अझै सशक्त ढङ्गले चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।अनलाइन कक्षा सञ्चालन गर्न सक्षम बनाउने अभिप्रायले उक्त विद्युतीय सम्मेलने आयोजना गरिएको हो । यसका साथै विद्युतीय कक्षाका बारेमा रहेको बुझाइलाई थप गरी कठिनाइको समयमा समाधानका विकास गर्नुपर्ने आवश्यकता औँल्याइयो ।

अनलाइन कक्षाको सम्भावना तथा सीमितता, गुणदोषलगायतबारे विश्लेषण गर्दै शिक्षण संस्थाले यसका लागि आफूलाई कसरी तयारी राख्न सक्छन् भन्ने विषयको अन्वेषण पनि यसको लक्ष्य रहेको कलेजका प्राचार्य उद्गम खड्काले बताउनुभयो ।अनलाइन सिकाइ, चुनौती र अवसर, अनलाइन शिक्षाको शिक्षण विधि, अनलाइन शिक्षाको लागि प्रविधिको एकीकरण र विश्व महामारीको समयको शिक्षण विधिलगायत मुख्य विषयवस्तु रहेको सो विद्युतीय अन्तक्र्रियाका सहभागीले आ–आफ्नो अनुभवसमेत सुनाएका थिए ।

अन्तक्र्रियामा बेन्ट्ले विश्वविद्यालयका प्राध्यापक तथा हाबर्ड विश्वविद्यालयका अतिथि प्राध्यापक कवि लसियानो प्रमुख वक्ताका रुपमा सहभागी हुनुहुन्थ्यो । कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले अन्तक्र्रियालाई सम्बोधन गर्दै अहिलेको सङ्कटको घडीमा सरकारी वा निजी क्षेत्र भनेर बस्नुभन्दा पनि एक अर्कासँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । (रासस)

  • 16shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend