७ वैशाख (रवि कुमार ) : जनकपुरधाम उप-महानगरपालिका ६ स्थित महाविर चोक मा रकम छरेर भाग्ने पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिला मध्ये एक जनामा शनिवार को दिन आर डि टी टेस्ट को रिपोर्ट पोजेटिभ देखिएको मा उनिहरु को स्वाव लाइ पुन:पी सी आर प्रयोगशाला मा टेस्ट गर्दा त्यस परिक्षण मा कोरोना टेष्ट नेगेटिभ रहेको प्रादेशिक अस्पताल जनकपुरधाम ले जानकारी दिएका छन । जनकपुरधाम मा ति महिला को आर डि टी टेस्ट रिपोर्ट पोजेटिभ आएको समाचार बाहिर आउँदा वडा नं. ५,६,७ लगायत वरीपरि का वार्ड बासिन्दा हरु त्राश मा आएका थिए भने अहिले स्थिती समान्य रहेको वडा नं.७ का अध्यक्ष जानकी राम साह ले बताएका छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्