७ वैशाख, (रवि कुमार) : जनकपुरधाम उपमहानगर-६ स्थित महावीर चोकमा शुक्रबार १० रुपैयाँको १५ वटा नोट दुई जना मुस्लिम महिलाले बाटो मा पैसा छरेर कोरोना भाइरस फैलाउन खोजेको स्थानीयले आशंका गरे पछि (सीसीटीभी)क्यामरा को आधारमा नाता मा नन्द भाउजू रहेकी अमुना खातुन र अलिना खातुन लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेका थिए । नोटहरु लाई परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम मा पनि पठाएको थियो । तर,अनुसन्धानका क्रममा घटना चर्चा भए जति गम्भीर नभएको पाइएको धनुषा प्रहरीले जनाएको छ । महिलाहरू बाट भुलवश नोट खसेको प्रारम्भिक अनुसन्धान बाट पता लागेको छ । धनुषा प्रहरी को प्रेस विज्ञप्ति अनुसार अमुनाका श्रीमानले विदेशबाट पठाएको बैंक बाट पैसा निकालेर फर्किँदा सो बाट केहि रकम पैसा झरेको बताएकी छिन । ‘उहाँहरूले एक लाख रुपैयाँ निकालेर ल्याउनुभएको रहेछ । त्यसपछि एक हजार चाहिँ काउन्टरमै १०/१० रुपैयाँको नोट साट्नु भएछ’, त्यस बाट दश रुपैयाँको नोट चाहिँ बाटोमा फर्किँदा झरेको ’ र उनीहरुले ‘घर पुगेर मात्र आफ्नो खल्तीबाट पैसा झरेको थाहा पाएको उक्त कुरा धनुषाका धनुषा प्रहरी का प्रवक्ता तथा डी.एस.पी.रामेश्वर कार्की ले प्रस्ट परेका हुन् ।

पक्राउ परेकी ति दुवै जनाको COVID-19 परिक्षणको रिपोर्ट निगेटिभ समेत आइ सकेकोले बाँकी प्रक्रिया पुरा गरेर उनिहरु लाई छाडने निस्कर्ष मा धनुषा प्रहरी रहेको श्रोत ले जनाएको छ । साथै जनमानसमा समाजिक सदभाव समेत कायम गरि दिनु हुनको लागि जिल्ला प्रहरी कार्यालय धनुषा सवैमा हार्दिक अनुरोध समेत जनाएका छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्