Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘लकडाउन’ मा महिला हिंसाका उजुरी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख ८, २०७७
In समाज
0

८ वैशाख,काठमाडौँ : नेपाल प्रहरीमा दर्ता भएका महिला हिंसाका घटनाका आधारमा ‘लकडाउन’ यता महिला हिंसाका घटना घटेको छ । प्रहरीले घटना नै कम भएको दाबी गरिरहँदा महिला अधिकारका क्षेत्रमा कार्यरतले भने घटना बढेपनि बाहिर आउन नसकेको बताएका छन् ।पहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा एक महिनामा सयभन्दा बढी महिला हिंसाका उजुरी आउने गरेकमा ‘लकडाउन’ पछि झण्डै २० वटा मात्रै उजुरी आएका छन् । यो अवधिमा अरु अपराधका घटनासँगै महिला हिंसाका घटनामा पनि कमी आएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो ।

अधिकांश घरेलु हिंसाका कारण मादक पदार्थ भएपनि अहिले ‘लकडाउन’ पछि मादिराको किनबेच कम भएकाले सेवनमा कमी आएको छ । उहाँले भन्नुभयो, “मदिरा कम भएपछि महिलामाथि हुने हिंसा कम भएको छ ।” त्यस्तै, पहिले श्रीमान वा श्रीमान श्रीमति नै घर बाहिर काममा जाने हुँदा एक अर्काप्रति अविश्वासले पनि झगडा हुने गरेको उहाँले बताउनुभयो । ‘लकडाउन’ पछि सबै परिवार सँगै बस्दा पारिवारिक वातावरणमा घर झगडा कम भएको छन् । कोभिड–१९ का त्रासका कारण पनि यी घटनामा कमी आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सामान्य अवस्थाभन्दा हिंसाका घटना कम भएको छ ।”कोही महिला पीडित नै हुँदा पनि प्रहरी कार्यालयसम्म जान नसकेको हुन सक्ने भन्दै परिसरले तीनलाई लक्षित गरी विशेष व्यवस्था मिलाइएको बताएको छ ।

‘लकडाउन’ को समयमा प्रहरी कार्यालय जान नसकेका पीडित महिलाले मौखिक उजुरी पनि लिइरहेको परिसरले जनाएको छ । प्रहरीले १०० नम्वर वा नजिकैको प्रहरी कार्यालयमा फोन गरेर पनि उजुरी गर्न सक्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । पीडित महिलाले यी नम्वरमा फोन गरेपछि प्रहरी आफैँ ती महिलाको घर पुग्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “प्रहरीले घरमा नै पुगेर उजुरी लिन शुरु गरेको छ ।” यो अवधिमा हिंसाका घटना कम नभएपनि ती प्रहरी वा संस्थासम्म पुग्न नसकेको महिला पुर्नस्थापना केन्द्र (ओरेक) की कार्यक्रम संयोजक सञ्जिता तिम्सिनाले बताउनुभयो । नेपालमा धेरै अध्ययनले महिला हिंसाका घटनामा पीडक परिवारकै सदस्य वा छिमेकी भएको देखिएको छ । ‘लकडाउन’ का समयमा छिमेकीसम्म आउजाउ नभएपनि परिवारका सदस्य घरमै हुँदा हिंसा अझै बढेको हुनसक्ने उहाँले बताउनुभयो ।

महिलाले पहिले हिंसा सहन नसकेको अवस्थामा सुरक्षित आवास (सेफ हाउस) मा बसेर पनि मुद्धा अघि बढाएका थिए । उहाँले भन्नुभो, “अहिले त्यसो गर्न नसक्ने अवस्था भएकाले पनि उजुरीकै लागि नगएको हुनसक्छ ।” ओरेकले ‘लकडाउन’ को शुरुदेखि नै हटलाइन नम्वर र परामर्शदाताको नम्वर दिएर आवश्यक सुझाव दिइरहेको छ । यी नम्वरमा अहिलेसम्म ८३ जनाले आफ्ना समस्या राखेका छन् । यीमध्ये कतिपय महिला अहिले पनि प्रहरी कार्यालय पुग्न सकेका छैनन् । अहिलेको अवस्था हेरेर कतिपय महिला ‘लकडाउन’ पछि नै उजुरी गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । सुकुम्वासी वस्तीमा र मजदूर वर्गमा हिंसाका घटना बढीरहेको उहाँले बताउनुभयो ।

उहाँले विश्वका धेरै देशमा हिंसाका घटना बढेका छन्, नेपालको पनि अवस्था त्यस्तै छ भन्नुभयो ।प्रहरीले ‘लकडाउन’ मा समाजमा घटिरहेका अरु अपराधको सम्भावित घटना रोक्ने र घटना भइहालेमा त्यसको अनुसन्धान गरी कारवाही अघि बढाइरहेको छ । ‘लकडाउन’ मा अरु अपराधका घटनामा पनि उत्तिकै ध्यान दिइएको प्रवक्ता बोगटीले बताउनुभयो । यो अवधिमा अपराधका घटनामा भने ह्वात्तै कमी आएको छ । उल्लेखनीय रुपमा आत्महत्याका घटनामा कमी आएको छ । परिसरमा सामान्य अवस्थामा महिनामा ५५ देखि ६० वटासम्म आत्महत्याका घटना भएको देखिन्छ । ‘लकडाउन’ पछिको झण्डै एक महिनामा भने अहिलेसम्म नौ वटा मात्रै आत्महत्याको घटना भएको पाइन्छ । (रासस)

  • 55shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend