Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘लकडाउन’ मा महिला हिंसाका उजुरी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख ८, २०७७
In समाज
0

८ वैशाख,काठमाडौँ : नेपाल प्रहरीमा दर्ता भएका महिला हिंसाका घटनाका आधारमा ‘लकडाउन’ यता महिला हिंसाका घटना घटेको छ । प्रहरीले घटना नै कम भएको दाबी गरिरहँदा महिला अधिकारका क्षेत्रमा कार्यरतले भने घटना बढेपनि बाहिर आउन नसकेको बताएका छन् ।पहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा एक महिनामा सयभन्दा बढी महिला हिंसाका उजुरी आउने गरेकमा ‘लकडाउन’ पछि झण्डै २० वटा मात्रै उजुरी आएका छन् । यो अवधिमा अरु अपराधका घटनासँगै महिला हिंसाका घटनामा पनि कमी आएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो ।

अधिकांश घरेलु हिंसाका कारण मादक पदार्थ भएपनि अहिले ‘लकडाउन’ पछि मादिराको किनबेच कम भएकाले सेवनमा कमी आएको छ । उहाँले भन्नुभयो, “मदिरा कम भएपछि महिलामाथि हुने हिंसा कम भएको छ ।” त्यस्तै, पहिले श्रीमान वा श्रीमान श्रीमति नै घर बाहिर काममा जाने हुँदा एक अर्काप्रति अविश्वासले पनि झगडा हुने गरेको उहाँले बताउनुभयो । ‘लकडाउन’ पछि सबै परिवार सँगै बस्दा पारिवारिक वातावरणमा घर झगडा कम भएको छन् । कोभिड–१९ का त्रासका कारण पनि यी घटनामा कमी आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सामान्य अवस्थाभन्दा हिंसाका घटना कम भएको छ ।”कोही महिला पीडित नै हुँदा पनि प्रहरी कार्यालयसम्म जान नसकेको हुन सक्ने भन्दै परिसरले तीनलाई लक्षित गरी विशेष व्यवस्था मिलाइएको बताएको छ ।

‘लकडाउन’ को समयमा प्रहरी कार्यालय जान नसकेका पीडित महिलाले मौखिक उजुरी पनि लिइरहेको परिसरले जनाएको छ । प्रहरीले १०० नम्वर वा नजिकैको प्रहरी कार्यालयमा फोन गरेर पनि उजुरी गर्न सक्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । पीडित महिलाले यी नम्वरमा फोन गरेपछि प्रहरी आफैँ ती महिलाको घर पुग्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “प्रहरीले घरमा नै पुगेर उजुरी लिन शुरु गरेको छ ।” यो अवधिमा हिंसाका घटना कम नभएपनि ती प्रहरी वा संस्थासम्म पुग्न नसकेको महिला पुर्नस्थापना केन्द्र (ओरेक) की कार्यक्रम संयोजक सञ्जिता तिम्सिनाले बताउनुभयो । नेपालमा धेरै अध्ययनले महिला हिंसाका घटनामा पीडक परिवारकै सदस्य वा छिमेकी भएको देखिएको छ । ‘लकडाउन’ का समयमा छिमेकीसम्म आउजाउ नभएपनि परिवारका सदस्य घरमै हुँदा हिंसा अझै बढेको हुनसक्ने उहाँले बताउनुभयो ।

महिलाले पहिले हिंसा सहन नसकेको अवस्थामा सुरक्षित आवास (सेफ हाउस) मा बसेर पनि मुद्धा अघि बढाएका थिए । उहाँले भन्नुभो, “अहिले त्यसो गर्न नसक्ने अवस्था भएकाले पनि उजुरीकै लागि नगएको हुनसक्छ ।” ओरेकले ‘लकडाउन’ को शुरुदेखि नै हटलाइन नम्वर र परामर्शदाताको नम्वर दिएर आवश्यक सुझाव दिइरहेको छ । यी नम्वरमा अहिलेसम्म ८३ जनाले आफ्ना समस्या राखेका छन् । यीमध्ये कतिपय महिला अहिले पनि प्रहरी कार्यालय पुग्न सकेका छैनन् । अहिलेको अवस्था हेरेर कतिपय महिला ‘लकडाउन’ पछि नै उजुरी गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । सुकुम्वासी वस्तीमा र मजदूर वर्गमा हिंसाका घटना बढीरहेको उहाँले बताउनुभयो ।

उहाँले विश्वका धेरै देशमा हिंसाका घटना बढेका छन्, नेपालको पनि अवस्था त्यस्तै छ भन्नुभयो ।प्रहरीले ‘लकडाउन’ मा समाजमा घटिरहेका अरु अपराधको सम्भावित घटना रोक्ने र घटना भइहालेमा त्यसको अनुसन्धान गरी कारवाही अघि बढाइरहेको छ । ‘लकडाउन’ मा अरु अपराधका घटनामा पनि उत्तिकै ध्यान दिइएको प्रवक्ता बोगटीले बताउनुभयो । यो अवधिमा अपराधका घटनामा भने ह्वात्तै कमी आएको छ । उल्लेखनीय रुपमा आत्महत्याका घटनामा कमी आएको छ । परिसरमा सामान्य अवस्थामा महिनामा ५५ देखि ६० वटासम्म आत्महत्याका घटना भएको देखिन्छ । ‘लकडाउन’ पछिको झण्डै एक महिनामा भने अहिलेसम्म नौ वटा मात्रै आत्महत्याको घटना भएको पाइन्छ । (रासस)

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिरहाका डीएसपी पासवानको कार्यशैली प्रति स्थानीय जन-प्रतिनिधिहरूले गरे प्रशंसा

बैशाख २३, २०८२
समाज

बुद्धिजीवी संगठन द्वारा बाढी पहिरो पीडित लाई पाँच लाख बढी सहयोग

कार्तिक ७, २०८१
समाज

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडक आश्रित मानवहरुको उद्धार

कार्तिक ४, २०८१
समाज

सप्तरी बाट १३ जना सडक आश्रित मानिसहरुको उद्धार

कार्तिक ३, २०८१
समाज

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, नौं जनाको मृत्यु

अशोज ३०, २०८१
समाज

पशुपति विकास कोषको दावी : ‘मारवाडीलाई मोहियानी हक पाउने प्रमाण छैन्’

अशोज २९, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend