१२,बैशाख ,काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश खारेज गरेकी छन्।सरकारकाे सिफारिसबमाेजिम उनले आज दुई वटा विधेयक खारेज गरेकी हुन्। सरकारले गत सोमबार ल्याएकाे ती अध्यादेश साेही दिन राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन्। तर, दुवै अध्यादेश जारी गरेकामा सरकार विवादमा तानिएपछि आज बसेकाे मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेकाे थियाे। साेही निर्णयबमाेजिम राष्ट्रपतिसमक्ष खारेजीका लागि सिफारिस गरिएकाे थियाे।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (२) काे खण्ड (ख) बमोजिम दवै अध्यादेश खारेज गरेकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।




















आफ्नो प्रतिकृया दिनुहोस्