१३ वैशाख,धनुषा : २५ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा विदेह नगरपालिका-६ बस्ने २७ वर्षीय संजिव पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।ती महिलालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिद्धाबाट खटिएको प्रहरीले पासवानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा धनुषा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्