२२ वैशाख,धनुषा : आफ्नै २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा मिथिला नगरपालिका-९ लालभित्ती बस्ने हरि चौहानलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । झगडा गरी घरबाट हिडेंकी बिनु सम्पर्कमा नआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराउना साथ प्रहरी उनको खोजी तथा अनुसन्धानमा जुटेको थियो ।
सो क्रममा सोही नगरपालिका-१० लालगढ स्थित सामुदायिक वनको मगरनी खोल्सामा हत्या गरेर गाडेको भन्ने जानकारी आइतबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उक्त स्थानमा उत्खनन गर्दा बिनुको शव फेला पारेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा हरिले नै सो हत्या गरेको खुले पश्चात उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्