२७ वैशाख,जनकपुरधाम : आर्थिक, सामाजिक,मानवीय, शैक्षिक, श्रोत साधन तथा अवसर र रोजगार हरुबाट वन्चित विशेष गरेर लॉकडाउन को समय मा तल्लो आयस्तर भएका मानिसहरुको जीवनस्तर अहिले कस्ट को सिमा नाघेको छ । जनकपुरधाम उप- महानगरपालिका वडा नं. २ घर रहेका अन्दाजी वर्ष ३६ को सुरेश मण्डल खत्वे ले आज विष सेवन गरेर आत्महत्या गरेका छन् । विदेश बाट फर्केर आए पछि उनि शिवचौक मा खैनी को पसल थापेर दैनिकी गुजारा गरि रहेका थिए ।

करिब ७ बजे घर बाट निस्केका मृतक खत्वे ८ बजे तिर फर्किदा उनि एक छिन मै बान्ता गर्न थाले । गरिबी तथा ऋण को कारण आफुलाइ जिउन इच्छा नरहेको र आफैले विष खाएको उनले घर मा रहेका आफन्तहरुलाई बताए । घर का मानिसहरु ले उनलाई हतार हतार मा जनकपुरधाम को प्रादेशिक अस्पतालमा लगे । जहाँ अस्पताल ले उनलाई सामान्य चेकअप गरेर धनुषा मेडिकल मा रेफर गरे । उक्त अस्पताल मा धनुषा प्रहरीले खत्वेको आफैले विष सेवन गरेको बयान पनि रेकोर्ड गर्न भ्याएका थिए। रुवावासी गर्दै परिवारजन ले खत्वे लाई धनुषा मेडिकल मा लगेर थप उपचार को लागि भर्ना गरे त्यहाँ केहि बेर मै सुरेश मण्डल खत्वे को मृत्यु भएको थियो ।

धनुषा प्रहरी ले शव को शिनाख्त गरि वडा नं. २ का वडा अध्यक्ष शिव कुमार साहको रोहबरमा मुच्लुका उठाई शवलाई पोस्टमार्टम लागि प्रादेशिक अस्पताल पठाएका थिए । पोस्टमार्टम पछि आफन्तहरु ले उनको दाह:संस्कार आजै स्थानीय गङ्गासागर को स्वर्ग द्वार गरेको समाचार छ । लॉकडाउन को समय जनकपुरधाम मा विभिन्न कारण ले हिजो पनि शुक्रवार का दिन जउनपा वडा नं.३ मा एक ३५ वर्षीय महिला दिपालि देबि दासले ले पासो लगाएर आत्महत्या गरेकी थिइन् भने आज सुरेश मण्डल खत्वे ले विष खाएर आत्महत्या गरेको समाचार ले नगरवासी हरु लाई थप दुखी: तुल्याएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्