२८ वैशाख, काठमाडौं : लकडाउनको समय लम्बिँदै गएपछि सर्वोच्च अदालतले स्वास्थ्य सुरक्षा सम्बन्धी निर्धारित मापदण्ड अपनाएर सर्वोच्च अदालतमा सेवा प्रवाह बढाउन लागेको प्रवक्ता भद्रकाली पोखरेलले बताएका छन् । यसअघि लकडाउनको समयमा बन्दी प्रत्यक्षीकरण रिट र (covid-19) सँग सम्बन्धित मुद्धाहरु को मात्र सुनुवाई हुने निर्णय भएको थियो । सोमबारदेखि अदालतले पुनरावेदन अनुमतिको निवेदन ,नेपाल सरकार निवेदक भएको मुद्धा दोहोर्याइ पाउँ भन्ने निवेदन र विपक्षी झिकाउने आदेश भइनसकेका नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका मुद्धाहरु को सुनुवाई सुरु गर्ने भएको छ ।
सर्वोच्च अदालतको विज्ञप्ति

बन्दाबन्दि को अवधिमा न्याय सम्पादन सम्बन्धी थप कार्य प्रारम्भ गर्न सकिने कि नसकिने र सकिने भए उच्च र जिल्ला अदालतहरुमा के कस्ता काम गर्न उपयुक्त हुन्छ भन्ने विषयमा सर्वोच्चले उच्च अदालतलाई आफू मातहतका अदालतका न्यायाधीश, कर्मचारी, सरकारी वकिल कार्यालय र बार इकाइसँग परामर्श गरी तीन दिन भित्र सुझाव दिन भनेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्