Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सेनाको हेलिकप्टरमा छाङरु जाँदै सशस्त्र प्रहरी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख ३०, २०७७
In समाचार
0

३० वैशाख,काठमाडौँ : लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरीको टोली पठाउने नेपाल सरकार ले तयारी गरेको छ ।गृह मन्त्रालयका अनुसार बुधबार दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (विओपी) स्थापनाका लागि टोली पठाउन लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बुधबार सशस्त्र प्रहरीको फौज पठाउन लिखितरुपमा निर्देशन दिइसकेको बताएका छन् । उनका अनुसार टोलिलाई सेनाको हेलिकप्टरले छाङरु पुर्याउने छ ।

चारदिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानी स्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङ सम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । त्यसैले सीमा रक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो ।छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा अवस्थित छ ।

सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार पहिलो चरणमा प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी पठाउने तयारी गरिएको छ । सीमा निगरानी चौकीमा खटाएको टोलीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्रीहरुको तयारी सहित गुल्मका टोली आज खटिएको उनले राससलाई बताए । सरकारले गत मंसिरमा नै यहाँ विओपी राख्ने निर्णय गरेको थियो । विओपी स्थानीय एक व्यक्तिको घर भाडामा लिएर बस्ने छ । उक्त गाउँमा १०५ घरधुरी रहेको छ ।


तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ विओपी थियो । मंसिरमा सरकारले ११४ विओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जम्मा १३ स्थानमा मात्रै विओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले बताए । उनका अनुसार सरकारी निर्णय पछि भारतको सीमा क्षेत्रमा १२ र एउटा सङ्खुवासभाको किमाथाङ्कामा राखिसकिएको छ । तत्कालीन समयमा उत्तरी नाकामा सात र बाँकी दक्षिणी सिमानामा विओपी राख्ने निर्णय भएको थियो ।


हुम्लाको हिल्सा, मुस्ताङको कोरला, दार्चुलाको छाङरु, ताप्लेजुङको ओलाङचुङगोला तथा रसुवा र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा क्रमशः विओपी राख्ने तयारी यसअघि नै गरिएको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन । अहिले भने भारतले सीमा अतिक्रमण गरेपछिमात्रै तातो लागेर छाङरुमा विओपी राख्न लागिएको हो ।हाल कायम रहेको १२० स्थानमा सशस्त्रको सीमा निगरानी चौकी रहेको छ । एउटा चौकीमा ३५ सशस्त्र प्रहरी रहेका छन् । एक सुरक्षा चौकीको दूरी झण्डै १७ किलोमिटरको दूरीमा रहेको छ ।

यसलाई दूरी घटाउनुपर्ने आवश्यकता छ । यसअघि गृहमन्त्री रामबहादुर थापाले हाल अस्थायीरुपमा सीमा क्षेत्रमा खटिएका सशस्त्र टोलीलाई स्थायीरुपमा राख्नका लागि आवश्यक प्रक्रिया शुरु भएको बताइसकेका छन् ।सशस्त्रका टोली पठाउन गृह मन्त्रालयले नेपाली सेनाको एमआई १७ हेलिकप्टर चार्टर गरेको छ । मौसम अनुकूल भएमा बुधबार हेलिकप्टर उड्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । अहिले कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण सरकारले सशस्त्रको अस्थायीसहित सीमा क्षेत्रमा एक हजार २१३ निगरानी पोष्ट स्थापना गरेको छ । सीमावर्ती जिल्लामा १४ हजारबाट बढाएर २२ हजार ५०० सशस्त्र प्रहरीको फौज परिचालन गरिएको छ । (रासस)

  • 490shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend