३० वैशाख, काठमाडौं : गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका सबै सवारी ई-पासहरु रद्द गरेको छ । नेपालमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भए सँगै गृह मन्त्रालयले मंगलबार दिउँसो सबै जिल्ला लाई परिपत्र जारि गर्दै जेठ १ गतेबाट लागू हुने गरी सबै ई-पासहरु खारेज गर्न निर्देशन दिएको हो ।
अब एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था आएमा उपत्यका बाहिरका जिल्लाहरुको हकमा पुग्ने जिल्ला बाट प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्नेछ । पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मंगलबार मात्रै थप ७४ जनामा कोरोना पुष्टि भएसँगै एक जिल्लाबाट अर्को जिल्लामा आवत/जावत गर्न थप कडाइ गरिएको हो । गृह मन्त्रालयको यस निर्णय लाई विहीबारदेखि लागू हुने जानकारी गराइएको छ ।

आफ्नो प्रतिकृया दिनुहोस्