३० वैशाख, काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलवार राती जारी गरेको प्रेस विज्ञप्तीमा थप नयाँ २६ जनाको परीक्षणमा कोरोना भाइरस (covid-19) संक्रमण पुष्टि भएको छ ।यो सँगै मंगलवारसम्म नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरूको सङ्ख्या २१७ पुगेको मन्त्रालयले जनाएको छ। यो मंगलवार रातीसम्म अद्यावधिक गरिएको समाचार विवरण हो। केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार पर्सामा ६ जना महिला, १२ पुरुष गरी १८ जना, महोत्तरीमा दुई पुरुष, धनुषा एक महिला एक पुरुष, सर्लाहीमा एक पुरुषमा संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार मङ्गलवार दिउँसो मात्रै काठमाडौंमा गरिएको परीक्षणमा सङ्क्रमित हुनेको कुल सङ्ख्या १९१ पुगेको जनाइएको थियो।




















आफ्नो प्रतिकृया दिनुहोस्