Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कहाँ छ अयोध्या ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २, २०७७
In अन्तर्वार्ता / विचार
0

प्रभाष के. दत्त

“यथार्थ अयोध्या वीरगञ्जको पश्चिमतिर ठोरीमा पर्छ, भारतले सांस्कृतिक अतिक्रमण गरी आफ्नो भूमिमा भगवान श्रीरामको जन्म भएको दाबी गर्दै आएको छ ।”–प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार परम्परागत् विश्वासलाई अस्वीकार गर्नुभएको थियो । उहाँले नेपालकी सीताको विवाह ठोरीमा पर्ने अयोध्याका राजकुमार श्रीरामसँग भएको आशयसहितको अभिव्यक्ति दिनुभएको थियो ।
भारतमा पछिल्लो महिना सीमा विवादको प्रसङ्गमा रक्षा मन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको ‘रोटी बेटी’को सम्बन्ध रहेको प्रतिक्रिया दिएको खण्डनस्वरुप प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति आएको अर्थ्याइएको छ । तर प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले ‘वास्तविक’ अयोध्याको अवस्थितिलाई पुनः सतहमा ल्याएको छ ।
अयोध्या त्रेतायुगीन श्रीरामको जन्मस्थल हो । प्राचीन ग्रन्थहरूमा श्रीरामको राज्य अयोध्या रहेको उल्लेख गरिएको छ । तर प्रधानमन्त्री ओलीले श्रीरामको जन्मभूमि सम्बन्धमा उठाउनुभएको दाबी भने पहिलो होइन । श्रीरामको जन्मस्थलको बारेमा दाबी गरिएको स्थलको सूचीमा थप एक स्थान थपिएको छ ।
प्रधानमन्त्री ओलीको दाबी बमोजिम (नेपालको प्रदेश २) को पर्सा जिल्लाको ठोरी गाउँपालिका श्रीरामको जन्मस्थल हो । सीमासँग जोडिएको ठोरीकै भारतीय भूभागलाई भिखना ठोरी भनिन्छ । जुन भारतीय रेल सञ्जालले जोडिएको छ । उक्त बजारसम्म नेपालका ठोरीबासी किनमेलका लागि पुग्ने गरेका छन् ।

रामायणको अयोध्या

वाल्मीकिले रामायणमा उल्लेख गरेको मौखिक दस्तावेजहरूको आधारमा तयार गरिए बमोजिम अयोध्या आधुनिक उत्तर प्रदेशमा पर्छ । करिब तीन हजार वर्षदेखि रामायण परम्पराले पहिचान गरेको अयोध्या उत्तर प्रदेशमा पर्छ । जुन साहित्यिक प्रमाणमा आधारित छन् । तर पुरातात्विक प्रमाण नहुँदा उत्तर प्रदेशको अयोध्यासमेत रामको जन्मभूमि नै हो भन्नेमा वर्षौंदेखि विवाद छ । तर मङ्गोलिया, थाइल्याण्ड र इन्डोनेसियाली लोककथाले उत्तर प्रदेशको अयोध्या नै रामको जन्मभूमि हो भन्ने तर्कलाई समर्थन गर्छ ।

लोककथाको अयोध्या कहाँ छ ?

सन् १९९० मा भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक सङ्घले चलाएको आन्दोलनदेखि नै अयोध्याको अहिलेको पहिचानलाई चुनौती दिँदैआएको छ । चन्द्रशेखर भारतका प्रधानमन्त्री हुँदा अयोध्याको राम जन्मभूमि विवाद समाधान गर्ने प्रयासको सुरुवात गर्नुभएको थियो । अहिले भारतकै सर्वोच्च अदालतले हिन्दू र मुसलमान दुवै पक्षकहाँ भएको प्रमाणको आधारमा जन्मभूमिको विवाद समाधान गरिसकेको छ ।
र यसै समयमा बाबरी मस्जिद कार्यसमितिको प्रतिनिधित्व गर्नुभएका इतिहासविद्हरू आर एस शर्मा, डीएन झा, एम ए अली र सूरज भानले अहिलेको अयोध्या श्रीरामको जन्मभूमि नरहेको दाबी गर्दैआउनुभएको छ । जसले प्रमुख विवाद निम्ताएको थियो ।

ऐतिहासिक अनुमानको अयोध्या

दुई वर्षपछि सन् १९९२ मा अर्का इतिहासविद् श्याम नारायण पाण्डे अर्को ‘एन्सिएन्ट जियोग्राफी अफ अयोध्या’ किताब लिएर आउनुभयो । उहाँले अफगानिस्तानको हेरातलाई श्रीराम जन्म लिएको अयोध्याको रुपमा दाबी गर्नुभएको छ ।
पाँच वर्षपछि सन् १९९७ पाण्डेले आफ्नो शोध एक पत्रिकामा प्रकाशन गराउनुभयो । ‘हिस्टोरिकल राम डिस्टिग्विश्ड फ्रम गड राम’ बेंगलौरमा भारतीय कँग्रेसको ऐतिहासिक ५८ औँ सत्रमा लिएर आउनुभयो ।
सन् १९९८ मा पुरातत्वविद् एमभीएन कृष्ण राउले भारतकै हरियाणा राज्यको बनवालीलाई भगवान रामको जन्मस्थलको रुपमा दाबी गर्नुभयो । उहाँले सिन्धु घाँटीको परिधिलाई आधार मानेर उहाँले आफ्नो शोधलाई पूर्णता दिनुभएको छ । राउले पहिचान गरेको रामायणको अयोध्या भने हरियाणा राज्यको प्राचीन सरस्वती नदीको किनारमा पर्छ ।
उहाँका अनुसार श्रीरामको साम्राज्य सिन्धु घाटीदेखि हालको इराकसम्म फैलिएको छ । जसमा अफगानिस्तान र इरान पनि पर्छ । उहाँको शोध अनुसार वर्तमान इराकको बेबिलोनका तात्कालीन राजा हम्मुराबी रामायणकालीन रावण हुनुहुन्थ्यो ।
सन् २००० मा राजेश कोच्चरले लेख्नुभएको अर्को किताब ‘द् वेदिक पिपुलःदेयर हिस्टोरी एण्ड जियोग्राफी’का अनुसार श्रीरामको जन्म अयोध्यामा भएको होइन । अयोध्यामा रामको जन्म भएको भन्दै गरिने शोध व्यर्थ हुने उहाँको दाबी छ । कोच्चर भौतिक विज्ञानका अध्येता रहेपनि संस्कृति र इतिहासमा विशेष रुची राख्नुहुन्छ ।
कोच्चरले अफगानिस्तानमा रहेको हरि–रड वा हारोयूलाई सरयू नदीको रुपमा पहिचान गर्नुभएको छ । उहाँले उक्त किताबमा श्रीरामको पुस्ता अफगानिस्तान र पूर्वी इरान क्षेत्रमा बसोबास गरेको दाबी गर्नुभएको छ ।

पाकिस्तान र थाइल्याण्डमा पनि अयोध्या

सन् २०१५ मा अब्दुल रहिम कुरैशीले एक शोध प्रकाशित गर्नुभयो । ‘फैक्ट्स अफ अयोध्या एपिसोड’का अनुसार श्रीरामको जन्म हालको पाकिस्तानको रेहमान ढेरीमा भएको छ । उहाँ अल इन्डिया मुस्लिम पर्सनल लअ बोर्डका सदस्य हुनुहुन्छ ।
र अयोध्याका अर्का स्पर्धी पनि छन् । जुन थाइल्याण्डमा छ । जुन श्रीरामको जन्मपछि नाम दिइएको हो । मध्ययुगीन शहर हाल ‘अयुथाया’ ऐतिहासिक पार्कमा बस्छन् । जुन प्राचीन सीयम राज्य थाइल्याण्डको राजधानी थियो । १४ औं शताब्दीमा राजा ऊ थोङ्ग त्यहाँ सर्नुभएको विश्वास गरिन्छ । राज्यमा ठेउलाको प्रकोप बढेपछि उहाँ अयुथाया सर्नुभएको थियो । अयुथाया चाओ फ्राया नदीको किनारमा अवस्थित छन् ।
तर दाबी गरिएका यी कुनै पनि अयोध्याको रामायण र अन्य प्राचीन किताबमा उल्लेख भए बमोजिम श्रीरामको जन्मभूममिसँग सम्बन्ध रहेको पर्याप्त प्रमाण छैन् ।
अर्को तर्क बमोजिम ११ औं शताब्दीमा मात्रै सरयू नदी किनारको शहर अयोध्याको नामाकरण गरिएको हो । त्यसअघि सरयू नदी किनारको उक्त शहरको नाम साकेत थियो ।

  • 53shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२
अन्तर्वार्ता / विचार

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ : विपुल न्यौपाने

बैशाख २५, २०८२
अन्तर्वार्ता / विचार

क्रिसमस हरेकले मनाउन मिल्छ तर अर्थ बुझेर मनाउनु पर्छ : डा. शर्मा

पुस १०, २०८१
अन्तर्वार्ता / विचार

नेपालमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने मेकानिजम सुस्त छ : अन्जन बगाले

पुस ७, २०८१
अन्तर्वार्ता / विचार

इभी गाडी व्यवसायीको गुनासो : ‘खरिद गर्न सजिलो, पाल्न गार्हो’

पुस ६, २०८१
अन्तर्वार्ता / विचार

देशभर दुईसय ८० बढी सिनेमा हल बन्द,राज्य जिम्मेवार नभएको गुनासो

पुस ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend