Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कहाँ छ अयोध्या ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २, २०७७
In अन्तर्वार्ता / विचार
0

प्रभाष के. दत्त

“यथार्थ अयोध्या वीरगञ्जको पश्चिमतिर ठोरीमा पर्छ, भारतले सांस्कृतिक अतिक्रमण गरी आफ्नो भूमिमा भगवान श्रीरामको जन्म भएको दाबी गर्दै आएको छ ।”–प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार परम्परागत् विश्वासलाई अस्वीकार गर्नुभएको थियो । उहाँले नेपालकी सीताको विवाह ठोरीमा पर्ने अयोध्याका राजकुमार श्रीरामसँग भएको आशयसहितको अभिव्यक्ति दिनुभएको थियो ।
भारतमा पछिल्लो महिना सीमा विवादको प्रसङ्गमा रक्षा मन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको ‘रोटी बेटी’को सम्बन्ध रहेको प्रतिक्रिया दिएको खण्डनस्वरुप प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति आएको अर्थ्याइएको छ । तर प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले ‘वास्तविक’ अयोध्याको अवस्थितिलाई पुनः सतहमा ल्याएको छ ।
अयोध्या त्रेतायुगीन श्रीरामको जन्मस्थल हो । प्राचीन ग्रन्थहरूमा श्रीरामको राज्य अयोध्या रहेको उल्लेख गरिएको छ । तर प्रधानमन्त्री ओलीले श्रीरामको जन्मभूमि सम्बन्धमा उठाउनुभएको दाबी भने पहिलो होइन । श्रीरामको जन्मस्थलको बारेमा दाबी गरिएको स्थलको सूचीमा थप एक स्थान थपिएको छ ।
प्रधानमन्त्री ओलीको दाबी बमोजिम (नेपालको प्रदेश २) को पर्सा जिल्लाको ठोरी गाउँपालिका श्रीरामको जन्मस्थल हो । सीमासँग जोडिएको ठोरीकै भारतीय भूभागलाई भिखना ठोरी भनिन्छ । जुन भारतीय रेल सञ्जालले जोडिएको छ । उक्त बजारसम्म नेपालका ठोरीबासी किनमेलका लागि पुग्ने गरेका छन् ।

रामायणको अयोध्या

वाल्मीकिले रामायणमा उल्लेख गरेको मौखिक दस्तावेजहरूको आधारमा तयार गरिए बमोजिम अयोध्या आधुनिक उत्तर प्रदेशमा पर्छ । करिब तीन हजार वर्षदेखि रामायण परम्पराले पहिचान गरेको अयोध्या उत्तर प्रदेशमा पर्छ । जुन साहित्यिक प्रमाणमा आधारित छन् । तर पुरातात्विक प्रमाण नहुँदा उत्तर प्रदेशको अयोध्यासमेत रामको जन्मभूमि नै हो भन्नेमा वर्षौंदेखि विवाद छ । तर मङ्गोलिया, थाइल्याण्ड र इन्डोनेसियाली लोककथाले उत्तर प्रदेशको अयोध्या नै रामको जन्मभूमि हो भन्ने तर्कलाई समर्थन गर्छ ।

लोककथाको अयोध्या कहाँ छ ?

सन् १९९० मा भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक सङ्घले चलाएको आन्दोलनदेखि नै अयोध्याको अहिलेको पहिचानलाई चुनौती दिँदैआएको छ । चन्द्रशेखर भारतका प्रधानमन्त्री हुँदा अयोध्याको राम जन्मभूमि विवाद समाधान गर्ने प्रयासको सुरुवात गर्नुभएको थियो । अहिले भारतकै सर्वोच्च अदालतले हिन्दू र मुसलमान दुवै पक्षकहाँ भएको प्रमाणको आधारमा जन्मभूमिको विवाद समाधान गरिसकेको छ ।
र यसै समयमा बाबरी मस्जिद कार्यसमितिको प्रतिनिधित्व गर्नुभएका इतिहासविद्हरू आर एस शर्मा, डीएन झा, एम ए अली र सूरज भानले अहिलेको अयोध्या श्रीरामको जन्मभूमि नरहेको दाबी गर्दैआउनुभएको छ । जसले प्रमुख विवाद निम्ताएको थियो ।

ऐतिहासिक अनुमानको अयोध्या

दुई वर्षपछि सन् १९९२ मा अर्का इतिहासविद् श्याम नारायण पाण्डे अर्को ‘एन्सिएन्ट जियोग्राफी अफ अयोध्या’ किताब लिएर आउनुभयो । उहाँले अफगानिस्तानको हेरातलाई श्रीराम जन्म लिएको अयोध्याको रुपमा दाबी गर्नुभएको छ ।
पाँच वर्षपछि सन् १९९७ पाण्डेले आफ्नो शोध एक पत्रिकामा प्रकाशन गराउनुभयो । ‘हिस्टोरिकल राम डिस्टिग्विश्ड फ्रम गड राम’ बेंगलौरमा भारतीय कँग्रेसको ऐतिहासिक ५८ औँ सत्रमा लिएर आउनुभयो ।
सन् १९९८ मा पुरातत्वविद् एमभीएन कृष्ण राउले भारतकै हरियाणा राज्यको बनवालीलाई भगवान रामको जन्मस्थलको रुपमा दाबी गर्नुभयो । उहाँले सिन्धु घाँटीको परिधिलाई आधार मानेर उहाँले आफ्नो शोधलाई पूर्णता दिनुभएको छ । राउले पहिचान गरेको रामायणको अयोध्या भने हरियाणा राज्यको प्राचीन सरस्वती नदीको किनारमा पर्छ ।
उहाँका अनुसार श्रीरामको साम्राज्य सिन्धु घाटीदेखि हालको इराकसम्म फैलिएको छ । जसमा अफगानिस्तान र इरान पनि पर्छ । उहाँको शोध अनुसार वर्तमान इराकको बेबिलोनका तात्कालीन राजा हम्मुराबी रामायणकालीन रावण हुनुहुन्थ्यो ।
सन् २००० मा राजेश कोच्चरले लेख्नुभएको अर्को किताब ‘द् वेदिक पिपुलःदेयर हिस्टोरी एण्ड जियोग्राफी’का अनुसार श्रीरामको जन्म अयोध्यामा भएको होइन । अयोध्यामा रामको जन्म भएको भन्दै गरिने शोध व्यर्थ हुने उहाँको दाबी छ । कोच्चर भौतिक विज्ञानका अध्येता रहेपनि संस्कृति र इतिहासमा विशेष रुची राख्नुहुन्छ ।
कोच्चरले अफगानिस्तानमा रहेको हरि–रड वा हारोयूलाई सरयू नदीको रुपमा पहिचान गर्नुभएको छ । उहाँले उक्त किताबमा श्रीरामको पुस्ता अफगानिस्तान र पूर्वी इरान क्षेत्रमा बसोबास गरेको दाबी गर्नुभएको छ ।

पाकिस्तान र थाइल्याण्डमा पनि अयोध्या

सन् २०१५ मा अब्दुल रहिम कुरैशीले एक शोध प्रकाशित गर्नुभयो । ‘फैक्ट्स अफ अयोध्या एपिसोड’का अनुसार श्रीरामको जन्म हालको पाकिस्तानको रेहमान ढेरीमा भएको छ । उहाँ अल इन्डिया मुस्लिम पर्सनल लअ बोर्डका सदस्य हुनुहुन्छ ।
र अयोध्याका अर्का स्पर्धी पनि छन् । जुन थाइल्याण्डमा छ । जुन श्रीरामको जन्मपछि नाम दिइएको हो । मध्ययुगीन शहर हाल ‘अयुथाया’ ऐतिहासिक पार्कमा बस्छन् । जुन प्राचीन सीयम राज्य थाइल्याण्डको राजधानी थियो । १४ औं शताब्दीमा राजा ऊ थोङ्ग त्यहाँ सर्नुभएको विश्वास गरिन्छ । राज्यमा ठेउलाको प्रकोप बढेपछि उहाँ अयुथाया सर्नुभएको थियो । अयुथाया चाओ फ्राया नदीको किनारमा अवस्थित छन् ।
तर दाबी गरिएका यी कुनै पनि अयोध्याको रामायण र अन्य प्राचीन किताबमा उल्लेख भए बमोजिम श्रीरामको जन्मभूममिसँग सम्बन्ध रहेको पर्याप्त प्रमाण छैन् ।
अर्को तर्क बमोजिम ११ औं शताब्दीमा मात्रै सरयू नदी किनारको शहर अयोध्याको नामाकरण गरिएको हो । त्यसअघि सरयू नदी किनारको उक्त शहरको नाम साकेत थियो ।

  • 53shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend