काठमाडौं,१० साउन : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताहरु पार्टीबाट बाहिरिएका छन् । उनीहरुले शनिवार अध्यक्षद्वयलाई एकपत्र लेख्दै पार्टीका सबै तहका पद र जिम्मेवारीबाट संयुक्तरुपमा राजीनामा दिएका हुन् ।
उक्त जानकारीपत्रमा नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको बताउदै राजीनामा दिएको बताइएको छ ।
शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै थापासहित विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जनाले राजीनामा दिएका हुन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्