ललितपुर, २९ साउन : गोदावरी नगरपालिका-११ चापागाउँ डेरा गरी बस्ने बाग्मती गाउँपालिका-४ प्युटार घर भएका २६ वर्षीय बुद्द तामाङलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गत शनिबार ती किशोरीलाई तामाङले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्