Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पौराणिकता जोगाउन अभिलेख उपलब्धको खाँचो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २२, २०७७
In प्रदेश, समाचार
0

२२ कात्तिक  , जनकपुरधाम :  धार्मिक एवं पुरातात्विक सम्पदा कपिलेश्वर मन्दिरको संरक्षण र अभिलेख उपलब्धको खाँचो औँल्याइएको छ । कपिलेश्वर मन्दिर युवा समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो खाँचो औँल्याउँदै पुरातत्व विभागले अभिलेखलाई अलपत्र पारेकाले अन्योलको अवस्था रहेको जानकारी दिइयो ।    

पुरातत्व विभागबाट बेलाबेलामा आएको अध्ययन, अनुसन्धान टोली यहाँको विभिन्न मूर्ति र अभिलेख लागेर मन्दिरको इतिहास नै अन्योलमा पारेको बताइन्छ । जनकपुरधाम उपमहानगरपालिका–१६ मा रहेको गुम्बा आकारजस्तो देखिने सो मन्दिर शिखर शैलीको छ । धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार जनकवंशीय राजा शीरध्वजले जनकपुरधामको चारै दिशामा चारनाथको स्थापना गरेकामध्ये पूर्वउत्तरमा कपिलेश्वरनाथ पनि एक हुन् । भनिन्छ, कपिल मुनिको आश्रम पनि यही थियो । कालान्तरमा आएर यस मन्दिरको प्राचीन रूप ध्वस्त तथा लोप हुन गयो । केही पुरातत्वविद्को अध्ययनअनुसार यस प्रसिद्ध शिवालयको प्राचीन रूप सिमरौनढीय वास्तु शैलीमा निर्मित थियो ।    



विसं १९९० को महाभूकम्पमा मन्दिर ध्वस्त हुँदा यहाँका अधिकांश मूर्ति रामन्दिरमा लगिएको बताइन्छ । स्थानीयवासीका अनुसार यहाँ रहेको जोगिन्दर माताका मूर्ति पनि राममन्दिर लगेर स्थापना गरिएको छ । सो मन्दिरको चारैकुनामा सानो शिखर शैलीको मन्दिर बनाई भगवान्हरू स्थापना गरिएका छन् । मुख्य शिवलिङ्ग भएको ठाउँबाट उत्तर–पूर्व र दक्षिणका दिवालमा तखता बनाई शिव, बसाहा आदि स्थापित गरिएका छन् । जलाइद नदी पनि पहिले यही मन्दिरको उत्तर–पूर्व भएर बग्दथ्यो भन्ने विशवास छ । समाजसेवी श्याम पूर्वेका अनुसार ५६ कुलदेवता र ३६ वर्णको बसोबास रहेको कपिलेश्वरमा पाइलापाइलामा देवताको बास छ, मन्दिरको अर्बौ सम्पत्ति भए पनि अभिलेख अभावका कारण अलपत्र रहेको छ ।

    

सम्मेलनमा वडाध्यक्ष रामअशीषले पजियार वर्तमान मन्दिर निर्माण बखत शिवलिङ्गमा नागमा बस्ने गरेको, नागलाई समाति नजिकैको फूलबारीमा पुर्याउँदा पुनः शिवलिङ्गमा नै आएर बस्ने गरेको जनश्रुति रहेको बताउनुभयो । पूर्व वडाध्यक्ष विक्रम पजियारले मन्दिरमा कमरिया बाबाले भगवान् शिवको शिवलिङ्ग स्थापना गराएका हुन् । वर्तमान मन्दिरको निर्माण स्थानीयवासी तथा यज्ञप्रसाद अधिकारीको सक्रियतामा पुरातत्व विभागबाट रु दुई लाख रकम ल्याएर गरिएको हो ।    
युवा समितिका अध्यक्ष तुलसी पंजियारले मन्दिरको अभिलेख अलपत्र रहेका कारण संरक्षण र विकासमा समस्या व्यहोर्नु परिरहेको बताउनुभयो । गुठी संस्थान अधिनस्थ रहेको सो मन्दिरमा साउन महिना, शिवरात्रि र सङ्क्रान्तिमा श्रद्धालुको भीड लाग्ने गरेको छ । (रासस)   

 

  • 67shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
प्रदेश

गृहमन्त्री महतो द्वारा प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend