Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सीता–राम विवाह महोत्सव मनाइँदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस ४, २०७७
In समाचार
0

४ पुस,जनकपुरधाम: प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीता–राम विवाह महोत्सव–२०७७ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता–रामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरूषोत्तम रामका गुरू विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रित रहेर यहाँ विवाह महोत्सव मनाइने गरेको छ ।

सोही विवाह प्रसङ्गलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता मानिएको छ । भगवान् रामको चरित्र लौकिक र अलौकिकरूपमा लोकमानसमा अङ्कित छ । अलौकिकरूपमा रामलाई निर्गुण ब्रम्ह एवं सगुण विष्णु मानिएको छ भने सीतालाई शक्तिस्वरूपा, बुद्धिरूपा, ब्रम्हमयी र योगमायाको संज्ञा दिइएको छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवी–देवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन् ।

मिथिलामा कुनै पनि धार्मिक, सांस्कृतिक अनुष्ठानमा सीता–रामको चर्चा आवश्यक मानिन्छ । त्यसैले पनि मिथिलामा प्रत्येक दुलहालाई राम र प्रत्येक दुलहीलाई सीताका रूपमा विवाह गर्ने चलन छ । मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम–सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ ।

सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् । महोत्सवमा बिदाइको क्षण अत्यन्त कारूणिक हुन्छ । महोत्सवमा सहभागी श्रद्धालुहरू प्रतीकात्मक सीतालाई आफ्नै छोरीलाई बिदाइ गरे झैँ भक्कानो छाडेर रूने गर्छन् । सो दृश्यले सबैको हृदय विदीर्ण हुन्छ । सो बखत सखीहरूद्वारा गाइने समदाउन गीतले प्रतीकात्मक विवाह वास्तविक विवाह झैं अनुभूति हुने गरेको छ ।

यो महोत्सवले पनि मिथिलाको प्राचीनस्वरूप र त्ससबखतको सांस्कृतिक उत्कर्षलाई प्रसङ्गहरूलाई प्रस्ट गर्दछ । मिथिलावासीद्वारा रामलाई ज्वाइँ र भिनाजुका रूपमा श्रद्धा व्यक्त गर्दै प्रतीकात्मक सीता–राम विवाहमा यसरी आशीष दिने गर्छन् : चलुसखी देव चुमाओन हे जनक जीके अङ्ना । (सखीहरू जनकको आङन जाउँ, जहाँ रामलाई चुमाउने छु) सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण सीता–रामको आदर्श मानव सभ्यता संस्कृतिका लागि अनुुकरणीय मानिएको छ । (रासस)

  • 63shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भयो: अध्यक्ष प्रचण्ड

चैत्र ६, २०८१
समाचार

‘राजा-महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ – अध्यक्ष दाहाल

चैत्र ४, २०८१
समाचार

‘प्रचण्ड’ द्वारा बडी विल्डिङ च्याम्पियन सिपका रजत पदक प्राप्त खेलाडी लाई सम्मान

पुस १४, २०८१
समाचार

कांग्रेसका सभापति द्वारा ‘क्रिसमस डे’ को शुभकामना

पुस १०, २०८१
समाचार

पत्रकारहरुले कलम समाए पछि धर्म छाड्नु हुँदैन् : पुर्व राष्ट्रपती यादव

पुस ८, २०८१
समाचार

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्ण: प्रचण्ड

पुस ७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend