Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चुनाव चिह्न ‘सूर्य’ मैले नेतृत्व गरेको नेकपाकै हुन्छ : प्रधानमन्त्री

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस १८, २०७७
In समाचार
0

१८पुस,काठमाडौँ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपाको चुनाव चिह्न ‘सूर्य’ नै हुने दावी गर्नुभएको छ । नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफू नै पार्टीको आधिकारिक पहिलो अध्यक्ष रहेकाले पार्टीको नाम ‘नेकपा’ र चुनाव चिह्न ‘सूर्य’ हुनेमा निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

“उहाँहरु (प्रचण्ड,माधव) केन्द्रीय कमिटीमा बहुमतको कुरा गर्दै पार्टीको नाम र चुनाव चिह्न आफ्नो भन्दै हिँड्नुभएको छ”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “कहिलेको महाधिवेशनबाट उहाँहरु बहुमतमा पुग्नुभयो रु” उहाँले प्रचण्ड–माधव समूहका नेताहरुको बहुमतले पार्टी नाम र चुनाव चिह्नका बारेमा कुनै अर्थ नराख्ने जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना हुनै नसक्ने जिकीर गर्दै आफूले करिब ६४ प्रतिशत जनमतको प्रतिनिधित्व गरेकाले संसद् विघटनको प्रस्तावउपर अदालतले पुनःस्थापनाको फैसला गर्न नसक्ने बताउनुभयो ।

उहाँले लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व कमजोर हुने निश्चित देखेपछि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जान लागिएको बताउनुभयो । उहाँले आफू नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका बारेमा छिमेकी मुलुकका प्रधानमन्त्री र राष्ट्रपतिसमेत जानकार हुँदा आफैँ पार्टीका नेताले राष्ट्रिय आकाङ्क्षाप्रति वैरभाव राखेको आरोप लगाउनुभयो । “भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिले महान् अभियानलाई साकार रूप दिन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो”, उहाँले भन्नुभयो, “पार्टीभित्र थाहा नपाएजस्तै गर्नुभयो ।” “नेपाल अहिले अन्तर्राष्ट्रिय समारोहमा आफ्ना आवाज बुलन्द गर्न सक्ने अवस्था पुगेको छ”, उहाँले थप्नुभयो ।

उहाँले कोभिड नियन्त्रणमा सरकारले प्रभावकारी पहल गरिरहेको भन्दै कम्बोडियाले जहाज चार्टर्ड गरेर औषधि पठाएर सहयोग गरेको जानकारी दिनुभयो । उहाँले सरकारले विकास र समृद्धिको क्षेत्रमा उल्लेख्नीय काम गरेको भन्दै सरकारले गरेका काम जनतामाझ लिएर जाने बताउनुभयो । उहाँले पार्टी एकता भए पनि पार्टी कामको जिम्मा पाएका द्वितीय अध्यक्षले सङ्गठन सुदृढीकरणमा प्रभावकारी कदम नचाली सरकार असफल गराउने काममै केन्द्रित रहँदा पार्टीमा समस्या आएको बताउनुभयो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–माधवले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका लागि षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाउनुभयो । उहाँले माधवकुमार नेपाल नवौँ महाधिवेशनबाट पराजित भए पनि पराजय स्वीकार नगरी प्रतिशोध र कुण्ठा साँधेर ओलीको विरुद्धमा योजनाबद्ध लागेको बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापाले नयाँ जनादेश नै सही मार्गचित्र रहेको औँल्याउँदै गणतन्त्र, सङ्घीयता, समृद्धि र राष्ट्रियतालाई एजेण्डा बनाई निर्वाचनमा केन्द्रित हुने बताउनुभयो । उहाँले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्षमाथि नै कृत्रिम आरोप सिर्जना गरेकाले पार्टी विभाजनको अवस्थामा गएको बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले बल्खु र धुम्बाराहीमा रहेको सम्पत्तिमा आफ्नो समूहको रहेको दाबी गर्नुभयो ।(रासस)

  • 7shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend