२१जेठ, जनकपुरधाम : प्रदेश सरकारले प्रदेशमा कोभिड १९ बाट रोजगारमा परेको असर र भावी अवसर बारे अध्ययन शुरु गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहतका पीएलजीएसपीको सम्योजनमा शुरु भएको अध्ययनको आधार र यस बाट प्राप्त हुने उपलब्धि बारे परामर्श दाता तथा सरोकारबलाहरु बीचको भर्चुअल सम्बाद सम्पन्न भएको छ ।
प्रमुख सचिव गोकर्ण मणि दुवाडीको अध्यक्षता एवं मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको भर्चुअल सम्बादमा सहभागी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा , प्रदेश सरकारका सचिवहरु तथा विज्ञहरुले अध्ययनको आधार र त्यसमा सुधार गर्नु पर्ने विषयमा आ–आफनो सुझावहरु राखेका थिए । सरोकारबालाहरुको सुझाव पछि मुख्यमन्त्री राउतले अध्ययनबाट आउने सुझावहरुले प्रदेश सरकारलाई अगामी दिनमा नीति निर्माण गर्न सहायक हुने विश्वास व्यक्त गर्नु भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्