Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रहरी द्वारा निषेधाज्ञामा थप कडाइ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २२, २०७८
In विविध
0

२२जेठ,वाग्मती : वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको अवधिमा भीडभाड बढेपछि प्रहरीले थप कडाइ गर्न थालेको छ । स्थानीय प्रशासनले बिहानको समयमा उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्री वितरण गर्न अनुमित दिएसँगै बिहानको समय हेटौँडा बजारमा भीडभाड देखिएपछि प्रहरीले थप कडाइ गर्न थालेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड–१९ संकट व्यवस्थापनले बजार निषेधाज्ञामा बजार क्षेत्र भीडभाड नहोस् भन्दै उपभोग्य वस्तु बिहान ४ः०० देखि ९ः०० बजेसम्म बिक्री वितरण गर्न अनुमति दिएपछि बजार क्षेत्रमा भने अत्यधिक भीड हुने गरेको छ ।

विशेषगरी हेटौँडा बजारको बुद्धचोक, उद्योग वाणिज्य सङ्घ क्षेत्र, कान्तिराजपथ, सीमाचोक, शीतलमहलचोक, सोनोपोखरा चोक, सङ्गमचोक, स्कुलरोडलगायत स्थानमा अत्यधिक भीड देखिएको हो । बजार क्षेत्रमा निजी सवारी साधनको पनि भीडभाड देखिएपछि प्रशासनले निषेधाज्ञा पालना गराउन व्यापक प्रहरी परिचालन गरेको छ । बजार क्षेत्रमा भीडभाड बढेसँगै कोरोना संक्रमणको जोखिम पनि बढेको हो ।

मकवानपुरमा कोरोना संक्रमण हुनेको संख्या घट्दै र सङ्क्रमण निको हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म नौ हजार ११९ जनामा कोरोना पुष्टि हुँदा छ हजार ८४१ जना संक्रमणमुक्त अर्थात् निको भइसकेका छन् । पसल सञ्चालकलाई कारबाही हेटौँडामा जारी निषेधाज्ञाको अवधिमा विभिन्न व्यावसायिक पसल सञ्चालन गरेको आरोपमा तीन पसल सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ ।

एउटा हार्डवेयर पसल, एउटा कपडा पसल र एउटा स्कुलरोडको घर संसार मिनी मार्केटका सञ्चालकलाई नियन्त्रणमा लिएर प्रशासनले रु १०/१० हजार जरिवाना गरेर छाडेको हो । हेटौँडामा पछिल्लो पटक स्थानीय प्रशासनले निषेधाज्ञा उलंघन गर्नेलाई सबै सवारी साधनलाई नियमानुसार प्रहरीले कारबाही गर्दै आएको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निषेधाज्ञा उलंघन गर्ने सवारी साधनलाई जनही रु. दुईदेखि पाँच हजार सम्म जरिवाना गरिँदै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।(रासस)

  • 55shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२
विविध

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२
विविध

रौतहट–४ मा चुनावी सरगर्मी तीव्र: ३७ उम्मेदवार मैदानमा, नयाँ र पुराना शक्तिबीच कडा प्रतिस्पर्धा

माघ १९, २०८२
विविध

प्रधानमन्त्री कार्कीद्वारा सहिद प्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान

माघ १६, २०८२
विविध

पत्रकारलाई काउन्सिलको सहयोग

अशोज ३०, २०८२
विविध

जेनजी आन्दोलन विदेशी शक्तिको योजनामा भएको दाबी, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ

अशोज २७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend