२५जेठ,काठमाडौँ : नेपाल पत्रकार महासंघ , कान्तिपुर प्रतिष्ठान शाखाले पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की आएको भन्दै भर्त्सना गरेको छ । कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक,महासंघका पूर्व केन्द्रीय सदस्य तथा कान्तिपुर प्रतिष्ठानका सदस्य मियाँलाई निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले अन्तरवार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार काठमाडौँमा दुव्र्यवहार र धम्क्याएको घटनाप्रति भर्त्सना गरिएको हो ।
“समाचारका कुनै पनि विषयमा चित्त नबुझेको भएमा वा कुनै गुनासो भएमा त्यसउपर कानूनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै निर्वतमान मन्त्री जस्तो व्यक्तिले धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो, महासंघ पत्रकारलाई हतोत्साहित बनाउने यस कार्यको कडा शब्दमा भर्त्सना गर्दछ”, प्रतिष्ठान द्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रतिष्ठानले घटनामा संलग्न निवर्तमान मन्त्री आलेलाई कानूनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्वाधरूपमा काम गर्ने वातावरण बनाउन सरकार लगायत सम्बन्धित निकायसँग माग समेत गरेको छ । (रासस)
आफ्नो प्रतिकृया दिनुहोस्