Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मुस्लिम महिलामा स्वास्थ्य चासो बढ्दै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २८, २०७८
In समाज
0

२७जेठ, महोत्तरी : आफ्नै बस्तीमा नयाँ स्वास्थ्यचौकी भवन बनेर चाँडै सेवा सञ्चालन हुने कुराले महोत्तरीको मटिहानी नगरपालिका–३ वरदाहाका मुस्लिम महिलाले सहज स्वास्थ्य सेवा पाउने आश सँगालेका छन् ।नजिकमा स्वास्थ्य परामर्श र सेवा लिन नपाउँदा कष्ट सहँदै घरमै बस्दै आएका मुस्लिम महिलालाई आफ्नै बस्तीमा आधुनिक सुविधासहितको स्वास्थ्यचौकी भवन बनेर अब सेवा सञ्चालन हुने भएपछि उनीहरूमा यस्तो आश पलाएको हो ।

(मटिहानी नगरपालिका वडा नं. ३ बरदाहामा ३७ लाखको लागतमा निर्माण भएको १ ल्याव कोठा, १ हल र २ कोठे अधारभुत स्वास्थ्य सेवा केन्द्रको भवनको उदघाटन नगरपालिका प्रमुख हरि प्रसाद मंडल बाट गरिदैं ।)

सामान्यतया घर ओरपरबाट बाहिर ननिस्कने मुस्लिम महिला अब आफ्ना स्वास्थ्य समस्या घर नजिकै बनेको स्वास्थ्यचौकीमा पुगेर परामर्श र उपचार सेवा लिन पाइने कुराले खुशी छन् । “हमरासभक बेटी पुतो ओतेक बाहर नई जाइछै” (हाम्रा छोरीबुहारी सामान्यतया बाहिर जाँदैनन्) बस्तीकी ६० वर्षीया मुकिमा खातुनले भन्नुभयो, “आब अपने ठाम अस्पताल (स्वास्थ्यचौकी) बैनगेल, निक भेल” (अब आफ्नै बस्तीमा अस्पताल (स्वास्थ्यचौकी) बन्यो, राम्रो भयो) । नयाँ बनेको स्वास्थ्यचौकीमा सुत्केरी (प्रसूति) सेवा सञ्चालन गर्नसके आफ्नो बस्तीलाई निकै राहत हुने मुकिमाको आश छ ।


मुस्लिम बस्तीका महिला स्वास्थ्य उपचार र परामर्श सेवा लिन टाढा ननिस्कने र सामान्य स्वास्थ्य समस्या समयमा उपचार नपाएर ज्यानै जानेसम्मको अवस्था बुझेर आधुनिक सुविधासहितको स्वास्थ्यचौकी भवन बनाइएको मटिहानी नगरपालिकाले जनाएको छ । आधुनिक ल्याव सेवाका लागि उपकरणसहितको छुट्टै कोठा, परामर्शकक्ष र उपचारकक्ष रहेको नयाँ भवन ३७ लाखको लागतमा निर्माण सम्पन्न भएको नगरपालिका कार्यालयका इञ्जिनीयर विमलेश साहले जानकारी दिनुभयो ।

नयाँ स्वास्थ्यचौकी भवनबाट असार पहिलो सातादेखि सेवा सञ्चालन हुने भएको छ । “हामीले दक्ष स्वास्थ्यकर्मी परिपूर्ति गर्न प्रक्रिया अघि बढाएका छौं, असार पहिलो साताभित्रै सेवा सञ्चालन हुन्छ” नगरप्रमुख हरिप्रसाद मण्डलले भन्नुभयो, “अब मुस्लिम बस्तीका महिलाले कष्ट खपेर स्वास्थ्य समस्या झेली रहनुपर्ने अवस्था अन्त्य गर्दैछौं ।” महिला र आम गरिब जो उपचार सेवा लिन टाढा जान सक्दैनथे, उनीहरूको स्वास्थ्य सेवामा पहुँच बढाउन स्वास्थ्यचौकी बनाइएको उहाँको भनाइ छ ।

मुस्लिम बस्तीमा परिवार नियोजन स्वास्थ्य सेवाबारे सचेतना नहुँदा कम समयको फरकमा धेरै बच्चा जन्माउनु परेर महिला बढी स्वास्थ्य समस्यामा पर्ने गरेका स्वास्थ्यकर्मीको ठहर छ । अब नयाँ भवनमा सञ्चालन हुने सेवामा परिवार नियोजन परामर्श, उत्प्रेरणा र यससम्वन्धी सेवा पहुँच बढाउन आवश्यक रहेको स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताउनुभयो । मुस्लिम परिवारमा जन्मान्तरका लागि परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्ने र पुरुष वा महिलाले स्थायी वन्ध्याकरण गर्ने क्रम निकै कम रहेको झाको भनाइ छ । यसबाहेकका प्रजनन् स्वास्थ्य समस्याबारे केन्द्रित भएर परामर्श र उपचार सेवा बढाउन सके खास उपलव्धी हुने स्वास्थ्यकर्मी बताउँछन् ।

(मटिहानी नगरपालिका वडा नं. ३ बरदाहामा वडागत योजना अन्तर्गत १३१ मिटरको सडक १० लाखको लागतमा निर्माण हुने (pcc) ढलान सडकको मटिहानी नगरपालिका नगरप्रमुख हरि प्रसाद मंडल तथा वडाअध्यक्ष लियाकत कवारीे संयुक्त रूपमा शिलान्यास गर्दै ।)

स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न भएसँगै सो बस्तीमा वडागत योजनाअन्तर्गत पिसिसी ढलान गरिने सडक निर्माणको काम थालिएको छ । बस्तीभित्र रिक्सासम्म जान नसक्ने अवस्था चिर्न मुख्य सडकमा जोडिने गरी बस्तीभित्र पिसिसी ढलानको सडक निर्माण थालिएको मटिहानी–३ का वडाध्यक्ष लियाकत कवारीले बताउनुभयो । आफ्नो बस्तीमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएसँगै सडक निर्माण थालिएपछि मुस्लिम बस्तीमा अहिले खुशी छाएको छ ।

(प्रदेश नं. २ को “मुख्यमंत्री बेटी पढाउ बेटी वचाउ कार्यक्रम” अन्तर्गत मटिहानी नगरपालिका वडा नं ४ स्थित नेपाल राष्ट्रिय जनता मा. वि. मझौरामा अध्यनरत कक्षा ८ का ४० जना छात्राहरुलाई मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मंडल द्वारा साइकल बितरण गरिदैं ।)


यसैबीच वरदाहासँगै जोडिएको मटिहानी–४ मझौराविशनपुर स्थित नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालयका कक्षा–८ का ४० छात्राले विद्यालय आउन जान साइकल पाएका छन् । प्रदेश–२ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत बुधबार नगरप्रमुख मण्डलले ४० जना छात्रालाई साइकल वितरण गर्नुभएको हो । यादव, धानुक, केवटसहितका अत्यन्त गरिब जनजाति तथा खत्वे, चमारसहितका दलितको बस्तीस्थित विद्यालयका छात्राले साइकल पाएपछि विद्यालयमा भर्ना हुने र पढाइलाई निरन्तरता दिने छोरीहरूको संख्या वृद्धि हुने मटिहानी नगरपालिका शिक्षा शाखाका प्रमुख चन्देश्वर साहको विश्वास छ । (रासस)

  • 7shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

भदौ २२, २०८२
समाज

परराष्ट्रमन्त्री डा. राणाले बुढानीलकण्ठ स्थित निवासमा भित्र्याइन् गौरा

भदौ १५, २०८२
समाज

आज बुबाको सम्मान स्वरुप मनाइदैँ बाबुको मुख हेर्ने दिन  

भदौ ७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend