Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बिर्तामोडको फोहोर व्यवस्थापन गर्ने जिम्मा निजीलाई

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ३१, २०७८
In विविध
0

बनियानी, ३१ जेठ : झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिकाले निराकार सरसफाई सेवा प्रालिलाई नगरमा उत्पादित फोहोर व्यवस्थापनको जिम्मा दिएको हो । नगरपालिका परिसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले प्रालिका प्रतिनिधि रविन भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गर्नुभयो । प्रालिले आगामी असार एक गतेदेखि आगामी तीन वर्षसम्म नगरक्षेत्रको फोहोर व्यवस्थापनको काम गर्ने भएको छ ।

नगरपालिकाले फोहोर व्यवस्थानमा प्रयोग गर्दै आएको चार वटा सवारी साधान र १४ जना जनशक्ति समेत प्रा.लि.लाई जिम्मा दिएको छ ।“नगरपालिकाले फोहोर व्यवस्थापनमा प्रयोग गर्दै आएको सवारी साधन र कर्मचारी प्रा.लि.लाई जिम्मा लगाएको छ”, उहाँले भन्नुभयो, “कर्मचारीलाई नगरपालिकाले दिँदै आएको सेवासुविधा नघटाइ दिने र सवारी सधान प्रयोग गरेवापत रकम दिने सहमति भएको छ ।” विभिन्न देश भ्रमणका क्रममा त्यहाँको फोहोर व्यवस्थापनमा निजी क्षेत्रले काम गरेको देखेको र फोहोर व्यवस्थापन प्रभावकारी भएको पाएकाले सोही अनुरुप नगरसभाबाटै पारित गरेर निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको नगरप्रमुख शिवाकोटीले जानकारी दिनुभयो ।

केही व्यक्ति तथा संस्थाले फोहोर व्यवस्थापनको नाममा रकम लिएर सडक किनारमा फाल्ने काम गरेको पाइएको र नगरपालिकालाई बद्नाम गर्ने काम भएको बताउँदै उहाँले भन्नुभयो, “त्यस्ता व्यक्ति पत्ता लगाएर २५ हजार रुपैयाँ जरिवाना समेत गराएका छौँ, त्यस्तो काम कोही कसैबाट भए कडा कारबाही गर्छौं ।” उहाँले नगरको फोहोर व्यवस्थापनमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो । नगरपालिकाले तयार पारेको फोहोर व्यवस्थापन कार्यविधि अनुरुप सो प्रालिले नगरको फोहोर व्यवस्थापनको काम गर्ने कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले बताउनुभयो ।

“स्वच्छ र हराभरा नगर बनाउने अभियानमा हामी एक कदम अघि बढेका छौँ”, उहाँले भन्नुभयो, “टोलटोलमा, घरघरमा सरसफाइ अभियान चलाइनेछ ।”नगरपालिकाले प्रालिसँग रू १० लाख धरौटी समेत लिएको छ । सरसफाई गरेवापत नगरपालिकाले तोकेको दरमा प्रा.लि.ले नगरबासीबाट रकम लिने छ । घर, स्कूल, पसल, अस्पताल, उद्योग, कलकारना लगायतका २१ वटा शीर्षकमा रू १९० देखि रू १० हजार मासिक शुल्क लिन पाउने जनाइएको छ ।

प्रा.लि.का प्रतिनिधि भट्टराईले वातावरणविद्सँग परामर्श गरी नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले आफूले १४ वर्षदेखि फोहोरमैला व्यवस्थापन सम्बन्धी काम गर्दै आएकाले नगर क्षेत्रको सबै प्रकारका फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो । (रासस)

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

पत्रकारलाई काउन्सिलको सहयोग

अशोज ३०, २०८२
विविध

जेनजी आन्दोलन विदेशी शक्तिको योजनामा भएको दाबी, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ

अशोज २७, २०८२
विविध

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा

अशोज २६, २०८२
विविध

जेनजी आन्दोलनपछि पहिलोपटक बोले लेखकः गोली चलाउन आदेश दिएको होइन

अशोज २४, २०८२
विविध

ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

अशोज २३, २०८२
विविध

GEN-Z आन्दोलन पश्चिमी शक्तिको डिजाइनमा भएको दाबी, राजसंस्था अपरिहार्य भयो : दुर्गा

अशोज २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend