Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चल्दैनन् गाडी : स्ट्रेचरले जोगिएको जीवन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २३, २०७८
In समाज
0

जाजरकोट,असार २३ गते । वर्षे झरीदेखि हिउँदयामसम्म स्ट्रेचरकै भरमा जाजरकोटका अधिकांश बिरामीको ज्यान उद्धार हुने गरेको छ । वडापालिकासम्म अस्थायी सडकको पहुँच पुगे पनि छोइनसक्नु चर्को भाडा र यातायातका साधन सञ्चालन हुन मुस्किल सडकका कारण स्ट्रेचरकै भरमा बिरामीको उद्धार हुँदै आएको हो । अधिकांश पालिकाले एम्बुलेन्स सेवा शुरु गरे पनि एम्बुलेन्सको भाडा तिर्न नसक्दा सर्वसाधारण स्ट्रेचरकै भरमा घण्ट हिँडेर बिरामीलाई अस्पताल पु¥याउन बाध्य छन् ।

व्यक्तिगत स्वार्थका साथै भूगोलको अध्ययनबिना निर्माण गरिएका सडकले मानवलाई सहजताभन्दा पीडा बढी दिएको सर्वसाधारण बताउँछन् । डोजर चलाउने चालक नै इञ्जीनियर भएर सडक खन्दा बाढी, पहिराका कारण दर्जनौँ बस्ती जोखिममा पर्नुका साथै बिरामी बोक्ने बाटोसमेत वर्षायाममा भत्किएको छ ।

जाजरकोट सदरमुकामबाट कुशे जाने सडकमा हिउँदयाममा मात्र बोलेरो जीप सञ्चालन हुने गर्दछ । त्यस्तै अन्य पालिकामा समेत बोलेरो जीप मुकामसम्म धौधौ पुग्ने गरेको छ । गाउँभरि सडक खनिएको छ तर यातायातका साधन चल्दैनन् । मानिस हिँड्नका लागिसमेत बाटो भत्किएको बारेकोट गाउँपालिका–६ का मनबहादुर महताराले बताउनुभयो ।

यही असार १६ गते बारेकोट–५ की स्वयंसेविका कृष्ण शाहीको मोटरसाइकल दुर्घटना परी मृत्यु भयो । मोटरसाइकलसमेत राम्रोसँग सञ्चालन नहुने सडक भएकै कारण उहाँ दुर्घटनामा परेको परिवारले बताएको छ । दुर्घटनामा परी घाइते हुनुभएकी शाहीलाई तत्काल लिम्सास्थित अस्पतालमा पु¥याइयो तर उपचार हुँदाहुदै उहाँको ज्यान गयो । मृतकको शव लिनका लागि लिम्सा अस्पतालमा स्ट्रेचर नै नहुँदा समस्या भोग्नुपरेको मृतककी छोरी तथा भेरी खबर मिडियाका अध्यक्ष नन्दा शाहीले बताउनुभयो । “समस्या परेको बेला गाडीको कुरा त के, स्ट्रेचर नै पाउनु गाउँमा राहत हो तर त्यही पाइँदैन”, शाहीले भन्नुभयो ।

“रु एक हजार खर्च हुने ठाउँमा रु पाँच हजार खर्च गरिदिन्छन्, त्यसमा पनि सेवा प्रभावकारी हुँदैन । त्यसैले पीडित बन्नुपरेको छ”, कुशे गाउँपालिकाका प्रकाशमान सिंहले भन्नुभयो । गाउँमा सबै थोक निर्माण भइसक्यो भन्ने छ तर नागरिकले कुनै पनि अनुभूति नगरेको सिंहले बताउनुभयो । कुशे गाउँपालिकाबाट अधिकांश बिरामीको उपचार गर्नका लागि स्ट्रेचरर डोकोको प्रयोग गरिँदै आएको छ ।

सञ्चार सेवाबाट समेत वञ्चित रहेको कुशेमा स्वास्थ्य संस्थामा अहिलेसम्म मेडिकल अधिकृतले पाइला टेकेका छैनन् । हुनेखाने र पहुँचमा भएका व्यक्तिबाहेक अन्य सर्वसाधारणले उपचार नपाउँदा पीडाको भारी बोकेर बाँच्न बाध्य भएको बताएका छन् । सबैभन्दा दुर्गम पालिका जुनिचाँदेमा समेत मेडिकल अधिकृत गाउँपालिकाले करारमा भर्ना गरेर उपचार शुरु गरेको छ ।

अन्य अधिकांश पालिकामा मेडिकल अधिकृत करारमा भर्ना गरेर स्वास्थ्य सेवा गाउँमै दिने प्रयास गरे पनि कुशेमा अहिलेसम्म त्यो हुनसकेको छैन । त्यहाँ सर्वसाधारण बिरामी हुँदा स्ट्रेचरमा राखेर सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ ।

अधिकांश कर्मचारी तथा स्वास्थ्यकर्मीको मुख्य रोजाइ अहिले भेरी नगरपालिका र नलगाड नगरपालिका नै हुने गरेको छ । ग्रामीण क्षेत्रमा स्ट्रेचर पाउनु भनेको सर्वसाधारणका लागि ठूलो राहत पाएझैँ हुँदै आएको छ । ‘थोरै सडक निर्माण गर तर १२ महिना यातायातका साधन सञ्चालन हुने निर्माण गर’ भन्ने आम नागरिकको माग कहिले पनि लागू नभएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा पर्याप्त उपकारण नहुँदा बिरामीको हात छामेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मीको गुनासो रहँदै आएको छ । “सर्वसाधारण बिरामी हुँदा सबै सेवा एकै ठाउँबाट पाइयोस् भन्ने चाहना हुन्छ तर हाम्रोमा ज्वरो नाप्ने थर्मोमिटर, उच्च रक्तचाप नाप्ने यन्त्रबाहेक अरु के नै छ र ?” एक स्वास्थ्यकर्मीले भन्नुभयो ।(रासस)

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

भदौ २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend