काठमाडौं,२० कात्तिक ।प्रधानमन्त्री शेरबहादुर देउवाले भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गर्नुभएको छ ।सन्देशमा प्रधानमन्त्रीले स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले आम नेपाली दिदीबहिनी तथा दाजुभाइका बीच आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आफ्नो प्रतिकृया दिनुहोस्